आर्थिक मन्दीका कारण सुस्ताएको बजार चलाउन लालबन्दि महाेत्सव लाग्दै

लालबन्दि । सर्लाही जिल्लाको प्रमुख व्यापारिक केन्द्र लालबन्दीमा फागुन दोस्रो साताबाट व्यापार महोत्सव लगाउने तयारी गरिएको छ । महोत्सव लगाउने तयारी स्वरुप बुधबार दिउँसो उद्योग वाणिज्य संघको कार्यालय लालबन्दिमा छलफल भएकाे छ ।

लालबन्दी नगरपालीका वडा नम्बर ६ स्थित राधा कृष्ण खेलमैदानमा फागुन १० गतेदेखि १९ गतेसम्म प्रथम लालबन्दी व्यापार महोत्सव लगाउने तयारी गरिएको उद्योग वाणिज्य संघ लालबन्दिका अध्यक्ष दीपेन्द्र कुमार बलम्पाकीले बताए । छलफलले महोत्सवमा स्टल राख्नेदेखि सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी औधोगिक शान्ति नेपाल तथा संयुक्त नेपाल मेला महोत्सव प्रा.लि. लाई दिने निर्णय गरेको बलम्पाकिले जानकारि दिए।

उनका अनुसार आर्थिक मन्दीका कारण सुस्ताएको बजारलाई महोत्सव लगाएर चलायमान गर्ने प्रमुख उद्देश्य हो । महोत्सवमा स्थानीय व्यापारिक स्टल, लोकल परिकारको प्रदर्शनीसहित स्थानीय तथा राष्ट्रिय कलाकारको विशेष प्रस्तुति राख्ने उद्योग वाणिज्य संघ लालबन्दीको तयारी छ । झण्डै ५० हजार जनाले अवलोकन गर्ने गरी महोत्सव लगाउने तयारीमा लागिएको संघ लालबन्दीका अध्यक्ष बलम्पाकीले बताएका छन् ।

महोत्सवको तयारी स्वरुप लालबन्दी ६ स्थित संघकै कार्यालयमा आज बसकोे छलफलमा संघका वर्तमान पदाधिकारी तथा सदस्य, पूर्व अध्यक्ष बाबुबाजी नुच्छे प्रधान, कल्याणकुमार जोशी लगायतको उपस्थिति रहेको थियो । उद्योग वाणिज्य संघ लालबन्दिले भोली बिहीबार पत्रकार सम्मेलन गरी महोत्सवबारे विस्तृत जानकारी गराउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते