मलंगवा : सर्लाही प्रहरीले बिहिवार साँझ जिल्लाका दुई ठाउँबाट चोरी पैठारी गरि ल्याउँदै गरेका समानहरु बरामद गरि भन्सार कार्यालयलाई बुझाएको छ ।
प्रहरीले पर्सा गाउँपालिका वडा नम्बर २ मा भारतिय बजारबाट भन्सार छलि नेपालतर्फ भित्र्याउँदै गरेको १९ हजार ८०० बराबरको समान बेवारिसे अवस्थामा फेला पारेको थियो । त्यसैगरि मलंगवा ९ मा प्रहरीले चेकजाँच गर्ने क्रममा ३४ हजार २५० मुल्य बराबर्को बच्चाका लत्ताकपडा बरामद गरेको जनाएको छ ।
बरामद दुबै समानलाई भन्सार कार्यालय मलंगवामा बुझाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी बिजय यादवले बताए ।