देश र जनताको समृद्धिका लागि जसपा-एमाले गठबन्धनका उम्मेदवारलाई जिताउन समाजवादी महिला संघको आग्रह

वीरगञ्ज, १ कार्तिक । जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट महिला संगठन समाजवादी महिला संघले जसपा-एमाले गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउने अभियानलाई तीव्रता दिएको छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जसपा-एमाले गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार प्रदीप यादव, प्रदेशसभा सदस्यद्वय उम्मेदवार विचारी प्रसाद यादव र लालबाबु राउत गद्दीलाई मतदान गर्न आग्रह गर्दै महिला संघले घरदैलो गरेको हो ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा जसपा-एमाले गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउने लक्ष्यका साथ आफूहरुले अभियानलाई तीव्रता दिएको समाजवादी महिला संघकी मधेश प्रदेश उपाध्यक्ष पिंकी यादवले बताईन ।

देश र जनताको हित तथा पर्सा जिल्लाको वृहतर विकासका लागी जसपा-एमाले गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु पर्ने उनको भनाई छ । समाजवादी महिला संघले गरिरहेको घरदैलो र विभिन्न चुनाव केन्द्रित कार्यक्रमको यादवकै संयोजकत्वमा भइरहेको छ ।

घरदैलोका क्रममा संघसँग आबद्ध महिला नेतृहरुले जसपा–एमाले गठबन्धन जिन्दावाद, छाता छाप जिन्दावाद जस्ता नारा पनि लगाएका थिए । कार्यक्रममा जसपा नेतृ अन्नपूर्ण मानन्धर, प्रेरणा श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सर्लाहीमा २ बालबालिकाको मृत्यु

सर्लाहीमा २ बालबालिकाको मृत्यु

२०८० बैशाख ७, बिहीबार १९:०६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते