कोरोना बीमाको दाबी भुक्तानी सुरु, पहिलो चरणमा १६ हजारलाई दिइने

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले आजबाट कोरोना बीमाको दाबी भुक्तानी शुरु गरेका छन् । सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि १ अर्ब बिनियोजन गरिसकेको छ ।

सरकारले विनियोजन गरेको रकमको २५ प्रतिशत रकम बीमा कम्पनीहरुले थप गरेको र १२ प्रतिशत नेपाल रि इन्सुरेन्सले थप गरेको छ ।  बीमा प्राधिकरणले त्यसमा आठ प्रतिशत रकम थप गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

अहिलेको सो रकमले १६ हजार बीमितलाई भुक्तानी गर्न पुग्ने पौडेलले नेपालप्रेसलाई जानकारी दिए ।जुन जुन बीमा कम्पनीबाट बीमा गरिएको हो सोही कम्पनीबाट बीमा रकम भुक्तानी हुने प्राधिकरणले जनाएको छ ।

कोरोनाकालमा बीमा गरेकाहरुको मितिका आधारमा जसको पहिला छ उसैलाई पहिला दिने गरी वित्तरण हुने प्राधिकरणले जनाएको छ । सरकारले दावी भुक्तानी गर्ने प्रतिबद्धता गरे पनि डेढ वर्षदेखि भुक्तानी रोकिएको थियो ।

१७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेकोमा १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५ सय ५४ रूपैयाँ बराबरको दावी गरेका थिए । यसमा करिब साढे ३ अर्ब भुक्तानी भइसकेको छ भने १२ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

एनसेलको ‘एनसेल ईपीएललिग’प्रतियोगिता

एनसेलको ‘एनसेल ईपीएललिग’प्रतियोगिता

२०८० श्रावण ३२, बिहीबार २०:२९ गते
एमाले उपाध्यक्ष बादललाई मातृशाेक

एमाले उपाध्यक्ष बादललाई मातृशाेक

२०७९ भाद्र १९, आईतवार ०५:०५ गते
निर्वाचन आचारसंहिता फुकुवा

निर्वाचन आचारसंहिता फुकुवा

२०७९ मंसिर २५, आईतवार १७:४७ गते

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते