जनताको सेवक भएर काम गर्नेछु:महेश बर्तौला

थाहानगर/३१ असोज
आशन्न प्रतिनिधि सभा निर्वाचनका उमेदवार तथा नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाले आफू निर्वाचित भएपछि सदनमा मतदाताहरुको सम्मान हुने ढंगले प्रस्तुत हुने बताउनु भएको छ । 
एमाले थाहा नगर वडा नं. २ ले सोमबार विहान आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उमेदवार बर्तौलाले मतदाताहरुले हाम्रो प्रतिनिधि हो भनेर गर्व गर्ने गरेर काम गर्ने बताउनु भयो । बर्तौलाले भन्नुभयो, ‘म स्थानीय बासिन्दा नै हुँ, मेरो भूगोलप्रति मेरो अगाढ प्रेम छ, म अझै २५ वर्ष राजनीतिक जीवनमा सक्रिय रहनेछु, यो बीचमा सधैंव तपाईहरुसँगै रहेर काम गर्नेछु ।’
थाहा नगरलाई काठमाडौंको भगिनी सहरको रुपमा विकास गर्न आवश्यक भूमिका आफूले निर्वाह गर्ने बताउँदै जबसम्म शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारको उचित विकास हुन सक्दैन त्यतिबेलासम्म सबै हिसावले पछाडि पर्ने बताउँदै बर्तौलाले आफू यी सबै विषयहरुमा गम्भीर रहने बताउनु भयो । 
कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य श्यामभक्त श्रेष्ठ, प्रदेश ‘क’का सचिव पार्वती राना, जिल्ला सदस्य तथा थाहानगर सह—ईञ्चार्ज सुरेन्द्रमान प्रधान, जिल्ला सदस्य शिवराम थापा, नगर अध्यक्ष अचुतम प्रसाद ढकाललगायतको उपस्थिति थियो । byrod newsबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

किन टिकेन ‘ओली–प्रचण्ड’ गठबन्धन ?

किन टिकेन ‘ओली–प्रचण्ड’ गठबन्धन ?

२०७९ फाल्गुन १६, मंगलवार ०८:१६ गते
NIMB को सेवा नयाँ भवनबाट

NIMB को सेवा नयाँ भवनबाट

२०८० आश्विन २९, सोमबार ११:०० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते