कालिकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं : कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।​ काललीकोट शुभकालीका गाउँपालिका – ६ को गविरामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो ।

कालीकोटको बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडीबाट शुभकालीका जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले बताए ।

मृत्यु हुनेमा चालक शुभकालीका – २ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका – ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले – ३ का २५ वर्षीय गोपाल सलामी मगरको भएको रिमालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

error: Alert: Content selection is disabled!!