पाँच दिन देखि अनसनरत ईस्तिहारलाई मुख्य मन्त्री यादवले जुस खुवाए, उखु किसानको आन्दोलन भने नरोकिने

  • क्षितिज विश्वकर्मा, हरिवन ।

उखुको मुल्य तत्कालै तोक्न र गतबर्षको बाँकी बक्यौता तत्काल भुक्तानी गर्न माग गर्दै चलिरहेको सर्लाहीको किसान आन्दोलन बिहिवारबाट सक्किएको छ । एकसाता अघि हरिवनबाट सुरु भएको उखु किसानको आन्दोलन बिहिवार दिउँसोबाट सक्किएको हो । नेपाल उखु उत्पादक महासंघ, मिल गेट उखु उत्पादक समिती र किसान हक हित संरक्षण समितीले आन्दोलनको अगुवाई गरेका थिए ।

संघर्षकै कार्यक्रम अन्तर्गत गएको सोमबारबाट अन्न पानी नखाई अनसन बसेका हरिवनका उखु किसान शेष ईस्तिहारलाई मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादवले जुस खुवाउँदै किसानको मागको उचित सम्बोधनमा प्रतिबद्धता जनाएपछि आन्दोलन सक्किएको मिल गेट उखु उत्पादक समितीका अध्यक्ष राजकुमार उप्रेतिले जानकारी दिए । हरिवन ११ स्थित ईन्दुशंकर चिनि मिलको गेटमा अनसन बसेका ईस्तिहारलाई जुस खुवाउँदै मुख्यमन्त्री यादवले उखुको मूल्य चिनीको मूल्यको आधारमा प्रति क्वीन्टल रु. ७५०/- कायम गर्न संघिय सरकारसँग मधेस प्रदेश सरकारले पहल गर्ने, किसानहरुलाई आवश्यक पर्ने उन्नत जातको उखुको बिउ मधेस प्रदेश सरकारले उपलब्ध गराउन पहल गर्ने, कृषि योग्य जमिनमा सिचाइको व्यवस्था मधेस प्रदेश सरकारले मिलाउन पहल गर्ने लगाएतका प्रतिबद्धता जनाए ।

त्यस्तै किसानलाई चाहिने मल–खाद मधेस प्रदेश सरकारले उपलब्ध गराउन व्यवस्थापन गर्ने, सिँचाईका लागि डिप बोरिङ्ग तथा कृषि विद्युतिकरण गरि सिंचाईको व्यवस्था मधेस प्रदेश सरकारले मिलाउने, प्रदेश सरकारबाट उखु किसानहरुलाई प्रति क्वीन्टल अनुदान रु. ९०/- मात्र उपलब्ध गराउन व्यवस्थापन गर्ने लगाएतका सहमती भएपछि आन्दोलन टुङ्ग्याईएको सो कार्यक्रमको संयोजन गरेका नेकपा माओवादी केन्द्र हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्तले बताए । गएको आईतबार सरकारले उखु किसानलाई दिन बाँकी ५२ करोड रुपैयाँ तत्काल भुक्तानी दिने निर्णय गरिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा बसेको बैठकले उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको थियो ।

यता उखु किसानका अगुवा एवं मिल गेट उखु उत्पादक समितीका अध्यक्ष राजकुमार उप्रेतीले आफुहरुको आन्दोलन यहाँको लागी मात्रै रोकिएको प्रतिकृया दिएका छन । जिल्ला केन्द्रित आन्दोलन स्थगित गरी अन्य जिल्लाका उखु किसानका प्रतिनिधिसँग पनि समन्वय गरी अब काठमाडौँमै गएर दबाब सिर्जना गर्ने निर्णय गरीएको उनले बताए । सरकारले गरेको नयाँ निर्णय नमान्ने जिल्लाका किसानको भनाई छ । जसरी पनि उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ कायम गर्न उखु किसानले माग गरिरहेका छन् । संघिय राजधानीमा सांसदहरुसहित सम्बद्ध मन्त्रालयमा डेलीगेसन जाने र त्यसो गर्दा पनि आफुहरुको मागको सुनुवाई नभए माईतिघर मण्डलामा धर्ना बस्ने किसान नेताहरुले प्रतिकृया दिएका छन ।

उनिहरुले सरकारले गरेको उखुको प्रति क्वीन्टल रु. ७०/- अनुदान दिने निर्णय आफैमा हचुवाको रहेको बताए । यो अनुदान रकम चिनीको विक्री मूल्यमा १३% भ्याट वापतको रकमको ९०% किसानलाई अनुदानको रुपमा दिने विगतको निर्णयलाई यसले बेवस्ता गरेको बताउँदै घोषित अनुदानको रकम उखु किसानले उखु बेचेको कति समयमा पाउने भन्ने सुचिश्चितता समेत नगरेको हुँदा अनुदान रकमको पाउने समयको सुचिश्चितता गरिनुपर्ने किसान नेताहरुको माग छ । किसानहरुले उखुको मुल्य कम तोक्ने र चिनिको मुल्य बढाउने प्रबृतिप्रति चित्त बुझाएका छैनन् ।

यता बिहिवार अपराह्नबाट ईन्दुशंकर चिनि उद्योग संचालनमा आएको छ । उखु किसानको आन्दोलनले चिनी उद्योग नचल्दा किसानको उखु खेतबारीमै सुक्न थालेको थियो । किसान सम्बद्ध संगठनले किसानको हितमा आन्दोलन गरेको भए पनि किसानले काटेको र खेतमा रहेको उखु सुक्न थालेको गुनासो गरेका थिए ।

सर्लाहीको हरिवन देशमै सबैभन्दा बढि उखु खेति हुने ठाउँ हो । गुलियो उखु खेति गर्ने किसानले आफ्नो मेहनतको मोल पाउन पनि सडक आन्दोलनसम्म गर्नुपर्ने भन्दै मन अमिलो बनाउने गरेका छन । कृषि प्रधान देशका किसानले उत्पादन गरेका उखुको उचित ब्यवस्थापन गर्नुपर्ने सरकार उद्योगीसँग मिलेर किसानलाई मारमा पार्ने खेलमा लाग्दै आएको पिडित किसानको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

कति समयपछि फेर्ने ओछ्यानको तन्ना ?

कति समयपछि फेर्ने ओछ्यानको तन्ना ?

२०७९ मंसिर १६, शुक्रबार १२:०३ गते
आज गुरु नानकको जन्मजयन्ती 

आज गुरु नानकको जन्मजयन्ती 

२०७९ कार्तिक २२, मंगलवार ०८:३४ गते
गजल – संसार अधिकारी

गजल – संसार अधिकारी

२०७९ कार्तिक २४, बिहीबार ११:४९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते