हेटौंडा उपमहानगरपालिकाले प्रेस युनियनलाई १० लाख दिने

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनलाई १० लाख रुपैयाँ दिने भएको छ ।

उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार हेटौं‌डामा ६-७ साउनमा सम्पन्न प्रेस युनियनको ९ औं महाधिवेशनको खर्चबापत १० लाख रुपैयाँ तिरिदिने निर्णय भएको हो ।बुधबार बसेको कार्यपालिका बैठकले हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय स्तरको कुनै कार्यक्रम भए उपमहानगरले सहयोग गर्ने सैद्धान्तिक निर्णय अनुसार उपमहानगरले महाधिवेशनमा भएको खर्च भुक्तानी गर्न १० लाख रुपैयाँ दिने निर्णय भएको न्यौपानेले बताए । युनियनको महाधिवेशनमार्फत उपमहानगरपालिकालाई देश–विदेशमालाई चिनाउन सहयोग गरेको भन्दै सहायता प्रदान गरिएको उनले बताए ।‘हामीले बिलको आधारमा प्रेस युनियनले गरेको खर्चको भुक्तानी दिन लागेका हौं । युनियनबाट १५ लाख रुपैयाँ माग भएको थियो तर हामीले १० लाख रुपैयाँ मात्रै दिने निर्णय गरेका हौं’ प्रवक्ता न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

२०७९ फाल्गुन २३, मंगलवार १०:४३ गते
आज पुस २१ गते बिहिबारको दैनिक राशिफल

आज पुस २१ गते बिहिबारको दैनिक राशिफल

२०७९ पुष २१, बिहीबार ०६:२० गते
चाडबाडमा के खाने, कति खाने ?

चाडबाडमा के खाने, कति खाने ?

२०८० कार्तिक ५, आईतवार २०:५५ गते
उपाधी दावेदार सयपत्री युबा क्लब पराजित

उपाधी दावेदार सयपत्री युबा क्लब पराजित

२०७९ आश्विन २, आईतवार १३:३४ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते