ब्रम्हपुरीमा ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार बृद्धको मृत्यु

लालबन्दी : सर्लाहीमा ट्याकटरले मोटरसाईकललाई ठक्कर दिएर भएको दुर्घटनामा एक बृद्धको मृत्यु भएको छ । बिहिवार दिउँसो जिल्लाको ब्रम्हपुरी गाउँपालिका ३ स्थित हुलाकी सडक खण्डमा पर्साबाट मलंगवातर्फ आउँदै गरेको ट्याक्टरले बिपरित दिशाबाट जाँदै गरेको भारतिय नम्बर प्लेटको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

ज२त ५२७ नम्बरको ट्याक्टरले बिआर ३० भि १६७३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार बर्ष ५७ का सुरेन्द्र मण्डलको मृत्यु भएको हो । पछाडी बसेका बृद्ध मण्डललाई गम्भिर घाईते अवस्थामा उपचारका लागी प्रादेशिक अस्पताल मलंगवामा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

चालक रामनगर गाउँपालिका ४ का बर्ष ३१ का संजय मण्डलको दाहिने खुट्टा भाँचिएको छ । उनको अवस्था मध्यम रहेको र प्रादेशिक अस्पताल मलंगवामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ट्याक्टर चालक फरार रहेकोले खोजी भईरहेको र मोटरसाईकल र ट्याकटर नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपि बिजय यादवले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

error: Alert: Content selection is disabled!!