जल्दै गरेको शव प्रहरी नियन्त्रणमा, ६ जना पक्राउ, श्रीमान फरार

सर्लाहीको हरिपुरमा जल्दै गरेको चिताबाट प्रहरीले एक महिलाको शव नियन्त्रणमा लिएको छ ।

शवको केही भाग जलिसकेको अवस्थामा प्रहरीले हरिपुर नगरपालिका–६ लक्ष्मीपुरका राजाराम साहकी श्रीमति इन्द्रकला देवीको शव नियन्त्रणमा लिएको हो । कानुनी प्रक्रिया पूरा नगरी शव जलाउन थालेको भन्दै प्रहरीले शव नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

५० वर्षीय श्रीमान राजारामकै कुटपिटबाट इन्द्रकलाको मृत्यु भएको प्रहरीको आशंका छ । श्रीमतिलाई मरणासन्न हुनेगरी कुटपिटपछि राजाराम फरार भएकाले पनि प्रहरीले घटनाबारे अनुसन्धान गरेको जनाएको छ । हाल राजारामको खोजी भइरहेको प्रहरी उपरीक्षक सुवेदीले बताए ।

गत सोमबार घरायसी झगडामा श्रीमान राजारामले आफ्नै श्रीमति इन्द्रकलालाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाइते भएकी इन्द्रकलालाई छोरीले उपचारका लागि नवलपुरस्थित एक निजी अस्पतालमा लगे पनि उनको अवस्था देखेर चिकित्सकले वीरगन्ज रेफर गरेका थिए । मंगलबार वीरगन्जबाट फिर्ता ल्याई घरमा राखेपछि बुधबार अवस्था झन खराब भएपछि छोरीले नै जनकपुर अस्पतलामा पुर्‍याएकी थिइन् । शनिबार बिहान भने इन्द्रकलाको मृत्यु भएको हो ।

इन्द्रकलाको मृत्युपछि कसैलाई खबर नै नगरी स्थानीयहरूले लखन्देही खोलामा दाहसंस्कार गर्न थालेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय हरिपुरले जल्दै गरेको शव नियन्त्रणमा लिइ अनुसन्धान गर्न थालेको हो । कुटपिटबाट मृत्यु भएको घटनामा कानुनी प्रक्रिया पूरा नगरी शव जलाउन सहयोग गर्ने ६ जना मलामीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । घटना भएकै दिनदेखि मृतकका श्रीमान राजाराम फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उज्यालो अभियान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

दाङमा २७ कैदी-बन्दिको कैद मिनाहा

दाङमा २७ कैदी-बन्दिको कैद मिनाहा

२०७९ आश्विन ३, सोमबार १०:१३ गते
प्युठानमा  जीप दुर्घटना हुँदा नाै जना घाइते

प्युठानमा जीप दुर्घटना हुँदा नाै जना घाइते

२०८१ श्रावण २०, आईतवार २१:४० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते