काँग्रेस-माओबादिले दुखले आर्जेको संगठनको छातिमा टेकेर खतिवडाले साँसद बन्ने सपना देख्दै

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ मा नेपाली काँग्रेस र माओबादीे केन्द्र समेतको उम्मेदवार नभएकाले आफुनै सबैको साझा उम्मेदवार भएको नेकपा एमालेका तर्फबाट क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बतौलाले बताउनु भएको छ ।
नेकपा एमाले नेकपा एमाले भीमफेदी गाउँपालिकाको बिस्तारित बैठकलाई संबोधन गर्दै उहाँले ठुला दलका उम्मेदवार नभएकाले आफु एमाले सहितका सबैजसो दलको साझा उम्मेदवारका रुपमा प्रस्तुत भएको र त्यही अनुसार विजयी भएपछी पनि काम गर्ने बताउनुभयो । काँग्रेस र माओबादिले दुखले निर्माण गरेको संगठनको छातिमा टेकेर अर्का उम्मेदवारले युवा उम्मेदवार माथी बीस बमन गरिराखे आरोप समेत लगाउनुभयो ।

गठबन्धनको नाममा आएका उम्मेदवार काँग्रेस र माओवादिको काँध चढेर छातिमा फुलि थप्ने सोचमा आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘मकवानपुर–२ प्रतिनिधि सभामा माओवादी र काँग्रेसको उम्मेदवार वहाहरुले उठाएका छैनन् म उनिहरुको समेत साझा उम्मेदवार हुं । केहि दिन अघि मनहरिको कार्यक्रममा युवालाई जिताउन हुन्न भनेर खतिवडाले मकवानपुरे सबै युवा भावनाहरुको अपहेलना गरेका छन् ।’
उहाँले भन्नुभयो–‘एमालेले उम्मेदवार बनाएर प्रस्तुत गरेको यो युवाले जित्दा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक जस्ता भौतिक पुर्वाधार निर्माणमा असाधारण बिकास गरेर नमुना काम गरेर देखाउँछु ।’
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले हामी स्वाधिनता र राष्ट्रियताको बिषय सहित एमाले सरकारमा रहंदा गरेको महत्वोपुर्ण योजनाका कामहरु लिएर जनतामा आएको बताउनुभयो । गठबन्धनलाई लोकतन्त्रको ल पनि थाहा नभएको र लोकतन्त्रको अभ्यास इमान्दार भएर एमालेले गरेको बताउनुभयो । तराइमा हुलाकी मार्ग र पहाडमा मदन भण्डारी मार्ग, मध्यपहाडी राजमार्ग तथाबुत्तर दक्षिण मार्गको काम धेरै सम्पन्न भएको र केही सम्पन्न रहने चरणमा रहेको बताउनुभयो ।
यसैगरी आजको कार्यक्रमा नेपाली कांग्रेस भीमफेदी गाउँपालिका उपाध्यक्ष रुद्र लामा एमाले प्रवेश गर्नु भएको छ । गत स्थानीय तहको निर्वाचनमा भीमफेदी वडा नंबर ६ बाट वडाध्यक्षका प्रत्यासी समेत रहेका लामा नेकपा एमाले प्रवेश गर्नु भएको हो ।
लामालाई एमालेका केन्द्रीय सदस्य एवम मकवानपुर इन्चार्ज रामेश्वर राना, एमाले प्रतिनिधिसभा क्षेत्र नंबर २ का उम्मेद्वार महेश बर्तौला सहितको टोलीले एमालेमा स्वागत गर्नु भएको हो । एमाले प्रवेश गर्दै लामाले एमाले राष्ट्रवादी पार्टी भएकोले आफुले एमाले रोजेको बताउनुभयो । कांग्रेसमा ब्यक्तिवाद हाबी रहेको र त्यस्तो ठाउँमा आफु बसिरहन असमर्थ भएको उहाँको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज माघ ४ गते बुधवारको राशिफल

आज माघ ४ गते बुधवारको राशिफल

२०७९ माघ ४, बुधबार ०६:२५ गते
नदीमा हामफालेर एक व्यक्ति फरार

नदीमा हामफालेर एक व्यक्ति फरार

२०७९ भाद्र १०, शुक्रबार १३:१८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते