पत्थरकोटको रिसोर्टमा मिडिया प्राधिकरणका अध्यक्ष भट्टराई मृत भेटिए

लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिका १३ पत्थरकोट छेँडास्थित होलिडे रिसोर्टमा मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष मृत फेला परेका छन ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाको शनिवारका लागी सोहि रिसोर्टमा तय गरिएको ११ औँ साधारणसभामा सहभागीताका लागी अघिल्लो दिन नै आएर बसेका अध्यक्ष शिवहरी भट्टराईको निधन भएको बुझिएको छ । सप्तरी घर भएका भट्टराई शुक्रवार राति खान पिन गरि सुतेको र बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा फेला परेका प्रहरी श्रोतले जनाएको छ ।

रिसोर्टमा मृतक भट्टराईसहित जिल्लाका केहि पत्रकारसमेत शुक्रवार नै गएर बसेका थिए । रिसोर्टमा अहिले प्रहरीको टोलीले घट्नाको अनुसन्धान गरिरहेको र घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभा भने स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया