प्रिय बचत तथा ऋण सहकारीका संचालकहरु सम्पर्कमा नआएपछि आफुहरु लुटिएको बचतकर्ताको गुनासो

  • क्षितिज विश्वकर्मा/लालबन्दी ।

सर्लाहीको लालबन्दीमा रहेको एक सहकारीका प्रमुख ब्यक्तिहरु सम्पर्क बिहिन भएपछि बचतकर्ता र बचत संकलन गर्नेहरुले आफुहरु ठगीएको हो कि भन्ने शंका गर्न थालेका छन । वडा नम्बर ७ मा रहेको प्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक र प्रवन्धक सम्पर्क बिहिन भएको बचतकर्ता र बचत संकलकले बताए ।

सहकारीका अध्यक्ष झगरु दास तत्मा र प्रबन्धक रबिना रायमाझि गएको मंगलबारदेखि सम्पर्क बिहिन भएपछि सहकारी संचालक भागेको भन्ने खबर फैलिएकोले आफुहरु समस्यामा परेको बचत संकलक एलिसा मगरले बताईन । सहकारीले हरिवन नगरपालिका र हरिपुर नगरपालिकामा पनि कर्मचारी राखेर बचत संकलन गर्दै आएको थियो ।

अहिले अध्यक्ष र प्रबन्धक दुबैसँग सम्पर्क हुन सकिरहेको छैन । सिसिटिभि फुटेजका अनुसार अध्यक्ष दासले संस्थामा राखेको आफ्नो ब्यक्तिगत कागजातहरु गएको १६ गत्ते लिएर गएको देखिएको छ । सहकारीमा दासको श्रीमतिको नागरिकताको एउटा फोटोकपि भेटिएको छ ।

अध्यक्ष दासको घर कौडेना गाउँपालिका र लालबन्दीमा पनि रहेको छ । सहकारीका अलावा लालबन्दीमै फर्निचर पसल संचालन गर्ने दासको दुबै ठाउँको घरमा ताला लागेको छ भने फर्निचर पनि बन्द छ । घरबेटि र संगैका अन्य पसल संचालक र छिमेकीका अनुसार प्रबन्धक रायमाझि स्वास्थ्य अवस्था ठिक नरहेको भन्दै केहि महिनादेखि कार्यालयमा उपस्थित भएकी थिईनन् ।

सहकारीमा चटपटे पसल गर्ने देखि ठेलामा ब्यापार गर्नेहरुले बचत रकम जम्मा गर्दै आएका थिए । लालबन्दी बजारमा चटपटे बेच्दै आएकी मञ्जु शाहले पनि सोहि सहकारीमा बचत जम्मा गर्दै आएकी थिईन । उनको करिव २२ हजार जम्मा भएको छ । त्यसैगरि ठेलामा सुन्तला पसल गर्ने देव नारायण पासवानले पनि सो सहकारीमा दैनिक २०० बचत गर्छन । उनको यहि महिनामा बचत गरेको रमक करिव १ लाख निस्किने बेला भएको छ, तर सरकारीका आधिकारीक ब्यक्तिहरु सम्पर्क बिहिन छन ।
करिव ९ बर्षदेखि सहकारीलाई आफ्नो घर भाडामा दिएका अर्जुन ढुंगेलले ६ महिनादेखि भाडा नपाएको बताए ।
अध्यक्ष र प्रबन्धक सम्पर्कमा नभएको र कार्यालय पनि खुल्न छोडेपछि बचतकर्ताले चासो दिएका, आफुहरुलाई केरकार गर्न र पैसा फिर्ता माग्न थालेपछि बचत संकलहरुले आज बिहिबार दिउँसो ईलाका प्रहरी कार्यालय लालबन्दी र लालबन्दी नगरपालिकामा सम्पर्क गरेका थिए । बचतकर्ताको करिव ४ करोड रुपैँया सहकारीमा छ ।

वडा नम्बर ७ का वडाध्यक्ष कृष्ण कार्किले केहि दिन अघिपनि सो सहकारीले बचतकर्तालाई पैसा नभएको चेक दिएको खबर आफु समक्ष आएको र अहिले फेरि सहकारीका संचालकहरु नै फरार भन्ने खबर सुनेको बताए ।

संस्थाका अन्य पदाधिकारी को को हुन भन्ने समेत खुल्न सकेको छैन । आफुहरु समस्यामा परेको गुनासो लिएर सहकारीको बचत संकलकहरु लालबन्दी नगर प्रमुख बासुदेव अधिकारी समक्ष हार गुहार गर्न पुगेपछि यो खबर आधिकारीक रुपमा बाहिर आएको हो । नगर प्रमुख अधिकारीले उनिहरुलाई आफुले एकमुष्ट निवेदन लिएर आउन भनेको र प्रहरीलाई पनि यो बिषयमा बुझ्न भनेको बताएका छन ।

लालबन्दी नगरपालिकामा यस अघि पनि केहि सहकारीले यसैगरि बचतकर्ताको रकम हिनामिना गरेर बद्मासि गरेका छन । बलियो पहुँचका आधारमा त्यो खबर सार्वजनिक हुनबाट रोकेर बचतकर्तामाथि दमन गर्ने कार्य भईरहेको जानकारहरु बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

कति समयपछि फेर्ने ओछ्यानको तन्ना ?

कति समयपछि फेर्ने ओछ्यानको तन्ना ?

२०७९ मंसिर १६, शुक्रबार १२:०३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते