हरिवनकी १५ बर्षिया किशोरि बसिन बाबुको किरियापुत्री

हरिवन : नेपाली समाजमा बुवाआमाको निधन हुँदा छोराले दागवत्ती दिने र कोरा बस्ने चलन छ ।

छोरीले दागवत्ती दिने र कोरा बस्नुलाई सामाजिक नियम विपरीत मानिन्छ । तर पछिल्लो समय छोरीले पनि छोराले जस्तै बुबाआमाको निधन हुँदा कोरा बस्ने र काजक्रिया गर्ने गरेका छन् । सर्लाहीको हरिवनमा पनि एक साहसी छोरीले आफ्नो बुवाको निधनमा घाट सम्म गएर दागवत्ती मात्रै दिईनन् बकाईदा छोराले जस्तै गरी कोरा बसेकी छन् ।

हरिवन १ गणेशडाँडा निवासी १५ वर्षीया रोशनी कार्कीले छोराले जस्तै कोरामा बसेर आफ्ना बाबुको काजकिरिया सुरु गरेकी हुन् ।
फोक्सोको समस्याबाट पीडित उनका बुवा ३५ वर्षीय राकेश कार्कीको मंगलबार साँझ हरिवन १ स्थित आफ्नै घरमा निधन भएको थियो । आमा र बहिनीसँग भारतको सिक्कीममा बस्दै आएकी रोशनी बुवाको निधन भएको खबरपछि बुधबार दिउँसो घर आईन् । र बुवाको शव अन्त्येष्टीका लागि मलामीसँगै बागमती नदीमा पुगिन् ।

रोशनीले बुवाको पार्थिव शरीरमा दागबत्ति दिएपछि हिन्दू धर्म संस्कार अनुसार काजकिरिया सुरु गरेकी किशोरीका आफन्त शुकदेव कार्कीले बताए ।

स्वर्गिय राकेशको छोरा नभएको र दुई छोरी मात्रै रहेकोले छोरीले पनि आफ्ना बुवाको काजकिरिया गर्छु भनेपछि सबैले सहमति जनाएको आफन्त कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते