राष्ट्रिय बाल दिवसको अवसरमा नेपाल फाउन्डेसनद्धारा शैक्षिक सामाग्री वितरण

वीरगञ्ज । ५८औँ राष्ट्रिय बाल दिवसको अवसरमा परिवर्तन नेपाल फाउण्डेशनद्वारा शैक्षिक समाग्री वितरण गरेको छ ।वीरगञ्ज महानगपालिकाको वडा नं. २६ अठराहामा रहेको श्री नेपाल राष्ट्रिय आधरभुत विद्यालयमा अध्यनरत रहेका बालबालिकालाई परिवर्तन नेपाल फाउण्डेशनले शैक्षिक समाग्री वितरण गरिएको फाउण्डेशनका कोषाध्यक्ष शुशिल पटेलले जनाएका छन् । परिवर्तन नेपाल फाउण्डेशनको अध्यक्ष रणधीर वर्णवालको सभापतित्वमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि पोखरिया नगरपालिकाको पुर्व उप प्रमुख एंव समाज सेवि शल्मा खातुन, अतिथि विद्यालयका प्रधानाध्यापक मोहनलाल प्रसाद कुर्मी, वडा सदस्य प्रदिप कुर्मी ,संस्थाका संचालन प्रमुख अतुल राउत, सदस्य बालेश्वर साह, राजन साह र कुसुम चौहान लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा पुर्व उप प्रमुख खातुनले वीरगञ्ज महानगरमा यो विद्यालय हुदा हुदै पनि यहाँको अवस्था अस्त व्यस्त छ । यस्मा स्थानीय सरकार र सम्बन्धित निकायको ध्यान पुग्न जरुरी रहेको बताइन् । साथै परिवर्तन नेपाल फाउण्डेशनले समाज प्रति गरेको कार्यलाई मुल्यांकन गदै बधाई सहित संस्थाको आगामी कार्यकाल सफल होस् भन्दै शुभकामना पनि दिइन् । शैक्षिक समाग्री वितरण कार्यक्रमलाई सफल बनाउन वर्णवाल पुस्तकका संचालक सुजित वर्णवाललाई परिवर्तन नेपाल फाउण्डेशनले धन्यवाद ब्यक्त गरेको फाउण्डेशनका सचिव विशेष साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते