सर्लाहीबाट ठूलो परिमाणमा लागुऔषधसहित दुईजना पक्राउ

लालबन्दी : सर्लाही जिल्लाको बरहथवा–५,चोर्निया पुलबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।​ गोडैता नगरपालिका–११ का २२ वर्षीय अजय सहनी र सोही ठाउँका ३२ वर्षीय ताजबावु दर्जी बिहीवार लागुऔषधसहित पक्राउ परेका हुन् ।

जिल्लाको मधुवनबाट काठमाण्डौ जाँदै गरेको यात्रुवाहक बसबाट लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई आज ९शनिबार० इलाका प्रहरी कार्यालय बरहथवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

छिमेकी मुलुक भारतसँग सीमा जोडिएको मधुवन गाउँबाट काठमाण्डौं जाँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०००३ नम्बरको यात्रुबाहक बसलाई इलाका प्रहरी कार्यालय बरहथवा र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सुन्दरपुरको संयुक्त टोलीले गाडी चेकजाँच गर्ने क्रममा सहनीको साथबाट लागूऔषध एक सय एमएलको कोडीवेल ८९ बोतल, नोफिन २ एमएलको ९१ थान, डाइजिपाम २ एमएलको ९१ थान, फेनरगन २ एमएलको २७४ थान, नाइट्रोभेट ३ सय थान,निट्जा केयर ९ सय थान र दर्जीको साथबाट कोडीवेल कफसिरप १सय एमएलको ९८ थान लागु औषध सहित पक्राउ परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

पक्राउ परेका सहनी गाडीको सहचालक र दर्जी कण्डक्टर रहेको बुझिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

2079-11-21

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते