सर्लाहीका उखु किसान राजमार्गमै सुते, शेष इस्तिहारले सुरु गरे आमरण अनसन

  • क्षितिज विश्वकर्मा, हरिवन ।

सर्लाहीको हरिवनस्थित पुर्व पश्चिम राजमार्गमा उखु उत्पादक किसानहरु सुतेका छन । उखुको मुल्य तत्कालै तोक्न र गतबर्षको बाँकी बक्यौता तत्काल भुक्तानी गर्न माग गर्दै किसान राजमार्गमै लम्पसार परेका हुन ।

गएको शुक्रबार हरिवन बजारमा बृहत उखु किसान भेला गरेर थालनी भएको बिरोध र आन्दोलनका कार्यक्रम अन्तर्गत आज रोडमा सुतिएको मिलगेट उखु उत्पादक समितिका अध्यक्ष राजकुमार उप्रेतिले सौर्य दैनिकलाई जानकारी दिए । नेपाल उखु उत्पादक महासंघ, मिल गेट उखु उत्पादक समिती र किसान हक हित संरक्षण समितीले संयुक्त रुपमा आन्दोलन र बिरोधका कार्यक्रमहरु गर्दै आएका छन । शनिबार उखुको लाँक्रा बोकेर प्रदर्शन गरेका उखु किसानले हिजो आईतबार अर्थ मन्त्रालय र कृषि मन्त्रालयको प्रतीक बनाएर दोहन गरेक थिए । किसानको आन्दोलनलाई समर्थन गर्दै मधेश प्रदेश सांसद जवाहर कुशवाह, पूर्व प्रदेश सांसद डिल्लि प्रसाद उप्रेतिसहित बिभिन्न राजनितिक दलका नगर कमिटि संयोजकहरु, उखु उत्पादक किसान र किसान प्रतिनिधिहरुको सो प्रदर्शनमा सहभागीता रहेको थियो ।

यसैबिच उखु किसानका बिभिन्न माग राख्दै हरिवनका एक युवा आमरण अनसनमा बसेका छन । हरिवन नगरपालिका ११ का बासिन्दा शेष ईस्तिहारले सोमबारबाट आमरण अनसन सुरु गरेका हुन । बिहान साँढे ११ बजेबाट ईन्दुशंकर चिनी उद्योगको मूलगेट छेउमा ईस्तिहारले अनसन सूरु गरेका छन् । अनसनकारी इस्तिहारको माग प्रतिक्वीन्टल उखुको ७५० रुपैंया हुनुपर्ने, सरकारले दिन बाँकी गएको सिजनको अनुदान रकम तुरुन्त भुक्तानी गर्नुपर्ने, उखुको प्रर्वधन शब्द हटाई नियमानुसार अनुदान रकम सोही आर्थिक वर्षमा भुक्तानी गर्नुपर्ने, उन्नत जातको उखुको बिउको प्रवन्ध गर्नुपर्ने, कृषि योग्य जमीनमा सिंचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई चाहिने मल खादको प्रवन्ध गर्नुपर्ने लगायत रहेको छ ।

सरकारले दिनुपर्ने ७० रुपियाँमध्ये अहिलेसम्म २१ रुपियाँ मात्रै पाएको र बाँकी ४९ रुपियाँ यथाशीघ्र दिनुपर्ने माग किसान नेताहरुले गरेका छन । धमाधम उखु काटेर बेच्नुपर्ने बेला सरकारले उखुको मूल्य नतोक्दा किसान निराश बनेका नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । मूल्य नतोकी मिल नचलाउन किसानले आग्रह गरेपछि देशकै सबैभन्दा ठूला दुई चिनी उद्योग इन्दुशंकर चिनी उद्योग हरिवन र एभरेष्ट चिनी मिल रामनगर महोत्तरीले उखु क्रसिङ रोकेका छन । मंसिर २५ गते कृषि मन्त्रालयमा भएको वार्तामा सरकारले उखुको मूल्य ५६५ प्रस्ताव गरेपनि किसानले अस्वीकार गरेका छन् ।

गएको वर्ष सरकारी अनुदानसहित उखुको मूल्य ६१० रुपैयाँ कायम भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया