बिरोध खतिवडाको बदमासिमा महेश बर्तौलाले मागे माफी

हेटौंडा । नेकपा एमालेका बागमती प्रदेशका उपसचिब तथा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले २०७४ सालको निर्वाचन जितेर जनतासंग बेखबर हुने, पार्टी माथी धोका दिएर पार्टी फोर्ने कार्य गरेको भन्दै बिरोध खतिवडाको बदमासिको आज मनहरिमा माफि मागेका छन् ।

एमाले मनहरी गाउँपालिका कमिटीको अयोजनामा भएको कार्यक्रलममा बोल्दै बर्तौलाले मनहरीका मतदाताहरुसंग खतिवडाले गरेको गल्तिका विषयमा माफी समेत माग्नुभयो । कार्यक्रममा बोल्दै बर्तौलाले आफू स्कुले जीवन देखि बिद्यार्थी राजनीति गरेको र पहिलो पटक जनताको बिचमा मत माग्न आएको बताउनुभयो । युवा उम्मेदवार बर्तौलाले आफुलाई जनताले बिश्वासको मत दिएर जिताएको खण्डमा असाधारण काम गरेर देखाउने र युवाले जित्दा कस्तो काम गर्छ भन्ने सबैले महसुस गर्नेगरि काम गर्ने बताउनु भयो ।

आफ्नो निर्वाचन क्षेत्रको राक्सिाराङ र कैलासमा एक टुक्रा पनि कालोपत्रे नभएकोले आफुले जित्दा मनहरी डाँडाबास सडक कालोपत्रे गरेर यहाँका उत्पादनलाई मनहरी, नारायण घाट तथा हेटौंडाको मुख्यबजार पुर्याएर जनताको आर्थिक सम्मुन्नती लेराउने बताउनुभयो । आफ्नो पाँचबर्षे कार्यकालमा हेटौंडामा बन्द उधोग संचालन गरेर करिव २ हजार युवा श्रमशक्तिलाई रोजगारिको अवसर सिर्जना गरिने बताउनुभयो ।

आफ्नो निर्वाचन क्षेत्रमा अझै पनि माध्यमिक शिक्षा लिन घण्टौ लाग्ने र त्यसैको कारण पढाइ छाड्नुपर्ने बाध्यता रहेकोले एक पालिका २ सय बिद्यार्थी अटाउने छात्रावास निर्माण गर्ने बताउनुभयो । आफ्नो कार्यकालमै निर्वाचन क्षेत्रका जनताले पानी लिन घण्टौ समय लाग्ने अवस्थाको परिवर्तन गरि एक घर एक धारो कार्यक्रम नितिगत रुपमै संचालनको सुनिस्चितता गर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले बिपक्षी गठबन्धनले राज्यको ढुकुटीबाट ४ करोड निकालेर परेवाभीरको नाममा झ्वाम पारेका बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

फागुन १० गते बुधवारको दैनिक राशिफल

फागुन १० गते बुधवारको दैनिक राशिफल

२०७९ फाल्गुन १०, बुधबार ०६:३९ गते
दलित समुदाय एकजुट भएर अघि बढ्ने अठोट

दलित समुदाय एकजुट भएर अघि बढ्ने अठोट

२०८१ श्रावण ६, आईतवार २०:२६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते