बयलवासमा रेशम चौधरीलाई भव्य स्वागत

सर्लाही : बयलवासमा नागरिक उन्मुक्ति पार्टीको स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको ईश्वरपुर नगरपालिकाको वडा नम्बर ७ बजारस्थित पेट्रोल पम्प अगाडी सो पार्टीको संरक्षक रेशमलाल चौधरी लगाएतका पार्टी नेता तथा सांसदहरूको स्वागत एवं अभिनन्दन कार्यक्रम सम्पन्न भएको हो ।

पार्टीको जिल्ला कार्यसमितिको आयोजनामा जिल्ला संयोजक पृथ्वीनारायण सिंहको अध्यक्षता एवं संरक्षक चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा सो पार्टीका केन्द्रीय प्रवक्ता दामोदर पण्डित, नेता, मधेस प्रदेशको समानुपातिक सांसद उमिलादेवी सिंह थारू लगाएत जिल्ला तथा प्रदेशका नेताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका संरक्षक एवं प्रमुख अतिथि चौधरीले आफू थारु भएकै कारण ८ बर्ष जेल जीवन बिताउन बाध्य भएको दुखेसो पोखे । उनले कार्यक्रमस्थलमा थारु चौधरी पोसाकमा सजिएका दर्शक तथा कार्यकर्ताको प्रसंसा गर्दै आफ्नो पहिचान जोगाउन सबैले आफ्नो आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने बताए । मिठो शैलीमा भाषण गरेका चौधरीले थारुहरुको मुखियालाई चौधरी भनिने बताएका थिए ।

टिकापुर घटनामा दोषी करार भएका चौधरीलाई गएको जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सरकारले आम माफी दिएको थियोे । चौधरीको रिहाई पश्चात् विभिन्न ठाउँमा उनको स्वागत तथा सम्मान कार्यक्रम भईरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

महिला प्रिमियर कप : नेपाल र मलेसिया खेल्दै

महिला प्रिमियर कप : नेपाल र मलेसिया खेल्दै

२०८० फाल्गुन ४, शुक्रबार ०७:५१ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते