लालबन्दी नगरपालिका जिल्लामै कम बेरुजु आउने पालिका

लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिका जिल्लामै कम बेरुजु आउने पालिका बनेको छ ।

महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन,२०७९ मा आर्थिक बर्ष २०७८/०७९ को अन्तिम लेखापरिक्षण प्रतिवेदन अनुसार लालबन्दी कम बेरुजु भएको जिल्लामै पहिलो पालिका बनेको हो । सबै भन्दा कम बेरुजु आउने स्थानीय तहहरुमध्ये लालबन्दी नगरपालिका मधेश प्रदेशकै नगरपालिकाहरुमध्ये तथा सर्लाही जिल्लाको स्थानीय तहहरुमध्ये प्रथम र मधेश प्रदेशकै समग्र स्थानीय तहहरुमा दोस्रो कम बेरुजु आउने पालिका भएको छ ।

मधेश प्रदेशमै सबभन्दा कम बेरुजु प्रतिशत आउने पालिका परवानीपुर गाउँपालिका बारा रहेको छ । परवानीपुर गाउँपालिकाले मधेश प्रदेशकै पालिकाहरु मध्ये कम बेरुजु प्रतिशत ०.९९ ल्याएको महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ । लालबन्दी नगरपालिकाको भने मधेश प्रदेशका सवै पालिका मध्य बेरुजु प्रतिशत १.२२ प्रतिशत रहेको छ ।

त्यस्तै कञ्चनरुप नगरपालिकाको १.७४ प्रतिशत बेरुजु प्रतिशत रहेको महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन, २०७९ आ.ब. २०७८/०७९ को अन्तिम लेखापरिक्षण प्रतिवेदनमा उक्त तथ्य उल्लेख गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

आयातमा नगद मार्जिनको प्रावधान यथावत

आयातमा नगद मार्जिनको प्रावधान यथावत

२०७९ मंसिर १२, सोमबार १०:४३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते