सुनुवार संस्कृति जगेर्नामा भुमिका खेलेको भन्दै गायीका कल्पना सम्मानीत

क्षितिज विश्वकर्मा, सर्लाही । सुनुवार भाषामा आफ्नो पहिलो गीत ‘गे ते ङा गो ते ङा ते ङा’ सार्वजनिक गरेकी चर्चित लोकदोहोरी गायीका कल्पना सुनुवार सम्मानीत भएकी छिन ।

उनलाई उक्त गीतमार्फत सुनुवार समाजको संस्कृति जगेर्ना गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै सुनुवार सेवा समाजले नगद पुरस्कारसहित सम्मान गरेको हो । बुधवार काठमाण्डौँस्थित सुनुवार सेवा समाजको भवन कोटेश्वरमा भएको बृहत कार्यक्रममार्फत गायीका सुनुवाईरलाई कृष्ण बहादुर सुनुवार, बिष्णुमाया सुनुवार कोषद्वारा सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष अमृत बहादुर सुनुवारको अध्यक्षता तथा बागमति प्रदेशसभा सदस्य उर्मिला सुनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गायीक सुनुवारलाई नगद पुरस्कारसहित सम्मान गरिएको आयोजकले जनाएको छ । सुनुवार भाषाकै अर्को गीतको तयारीमा रहेकी सुनुवारको ‘गे ते ङा गो ते ङा ते ङा’ बोलको गीत राष्ट्रिय जनजाती म्युजिक अवार्डको टप ५ मा परेको छ ।

तारादेवी सुनुवारको शब्द र रामकुमार पौडेलको संगीतमा गायीका सुनुवारले स्वर भरेको गीतलाई क्वालिटी फिल्म्सले संगीत बजारमा सार्वजनिक गरेको हो ।

गायीका सुनुवारको डाँडैमा बिजुली आयो, आँखै नलाउनी लगाएतका दोहोरी गीतहरुलाई दर्शकले खुबै रुचाएका छन ।

हेर्नुहोस्, सुनुवारको पहिलो सुनुवार भाषाको म्युजिक भिडियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

चुनावी बाचा पुरा गर्दै नरेन्द्र साह

चुनावी बाचा पुरा गर्दै नरेन्द्र साह

२०८० भाद्र २७, बुधबार ०६:१९ गते

ताजा अपडेट

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते