लालबन्दीमा कृषि पत्रकारिता सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

सर्लाही, असार ९ : सर्लाहीको लालबन्दीमा कृषि पत्रकारिता सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आमसंचार प्रधिकरण जनकपुरधामकोआयोजना तथा नेपाल पत्रकार महासंघ शाखा सर्लाहीको समन्वयमा लालबन्दीको नमस्ते होटेलमा शुक्रबार र शनिबार कार्यक्रम भएको हो ।

कार्यक्रममा सहभागी पत्रकारहरुलाई मधेस प्रदेशमा कृषि पत्रकारिताको अवस्था, कृषिमा संचार माध्यमले उठाउनु पर्ने विषय, कृषि पत्रकारिताको महत्त्व र उपयोगीता, मधेस प्रदेशमा प्रमुख खाद्यान्न बाली र उत्पादनको अवस्थाको साथै कृषि उत्पादनका चुनौती र सम्बोधनका उपाय तथा कृषि पत्रकारिता गर्दा ध्यान दिनुपर्ने कुरा र विषयबस्तु लगायतका विषयहरुमा प्रशिक्षण दिएको आमसंचार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवले बताउनुभयो । सर्लाही सहित सप्तरी, महोत्तरी, धनुषा लगायतका जिल्लाबाट सहभागी भएका प्रशिक्षार्थीहरुलाई कृषि पत्रकारहरुको संस्था अनाजका केन्द्रीय अध्यक्ष किरण आचार्यले प्रशिक्षण दिनुभएको थियो ।

शनिबार अपरान्ह सम्पन्न समापन कार्यक्रममा मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, प्राधिकरणका प्रशासकीय प्रमुख उपेन्द्र कुमार सिंह, बन्धना झा, पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्री, पुर्व अध्यक्ष रोशन न्यौपाने लगायतकाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका प्रदेश सचिव डा. नर्मता सिंहले कृषि क्षेत्रमा भए गरेका अनुसन्धान र उपलब्धिहरुलाई किसानमाझ पुर्‍याउन सञ्चारमाध्यमहरु निकै उपयोगी हुने बताउँदै कृषि बिटमा पत्रकारिता गर्न सुझाव दिनुभएको थियो ।

२ दिने अभिमुखिकरण कार्यक्रम सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै समापन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते