अमरेशविरुद्व सर्लाही प्रशासनमा विकास ठाकुरले दिए शान्ति सुरक्षा सम्बन्धी उजुरी

सर्लाही : स्वतन्त्र सांसद अमरेश कुमार सिंहविरुद्व जिल्ला प्रशासन कार्यालय सर्लाहीमा शान्ति सुरक्षा सम्बन्धी उजुरी परेको छ ।

सुनियोजित रुपमा आक्रमण गर्न लगाएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ता विकास ठाकुरले शुक्रबार सांसद सिंहविरुद्व उजुरी दिएका हुन् । उनले सांसद सिंहबाट असुरक्षित रहेकोले आफू र आफ्नो परिवारको सुरक्षा ब्यवस्था मिलाइदिन माग गरेका छन् ।

बिहीवार राति मलंगवाबाट घर जाने क्रममा तीन मोटरसाइकलमा चढेका ६ जनाले आफूलाई पिछा गरेर गम्हरीया र सलमपुरको बीचमा आक्रमणको प्रयास गरेको ठाकुरले उजुरीमा उल्लेख गरेका छन् ।

उजुरी दर्तापछि ठाकुरले सामाजिक संजालमा लेखेका छन्, ‘जबसम्म उसको गुण्डागर्दी र भ्रष्टाचारलाई सतहमा ल्याईदैन तबसम्म म चुप हुने छैन् । मलाई मार्ने धम्की वा डर देखाएर चुप गराउने सपना नदेखे हुन्छ अमरेशले ।’

सांसद सिंहले अकुत सम्पत्ति कमाएको भन्दै छानविन गरी कारबाही गर्न उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत ठाकुरले केहि दिन अगाडि उजुरी दिएका थिए ।

नेपाल प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

गजल – एउटा अमृत अर्को जहर मगायौ तिमीले

गजल – एउटा अमृत अर्को जहर मगायौ तिमीले

२०८० भाद्र १, शुक्रबार १०:५२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते