शान्त र सकारात्मक रहन शुभचिन्तकलाई पेलेको आग्रह

काठमाडौं : क्यान्सर रोगबाट पीडित ब्राजिलका फुटबल लेजेन्ड पेलेले आफ्ना समर्थकलाई शान्त र सकारात्मक रहन आग्रह गरेका छन्।

पेलेले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफ्ना शुभचिन्तकलाई आफू बलियो रहेको र अझै आशा रहेको बताएका हुन्। हाल उनी ब्राजिलको साउ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचाररत छन्।

गत वर्ष क्यान्सरको शल्यक्रियापछि उनलाई किमो थेरापी गरिँदै आइएको छ । गत मंगलबार स्वास्थ्यमाजटिलता आएको भन्दै अस्पताल भर्ना गरिएको थियो। उनले अस्पतालबाटै अहिलेको अवस्था सामान्य रहेको बताएका छन्। साथै उनले आफूलाई ब्राजिलियन खेलाडीले जारी कतार विश्वकपमा गरेको प्रदर्शनले उर्जा मिलेको समेत बताएका छन्। 

उनी अस्पताल भर्ना भएपछि विश्वभरबाट उनलाई सुभेच्छाको सन्देश आउन थालेको उनले बताएका छन्। जसको परिणामस्वरुप आफू स्वस्थ्य भएको उनको भनाइ छ ।

विश्व स्टार केलियन एम्बाप्पेलगायतका खेलाडीहरुले पनि उनको स्वास्थ्य लाभको कामना गर्दै ट्वीटरमा ‘प्रे फर किंग’ लेखेका थिए। 

पेले विश्व फुटबलकै महान् खेलाडी हुन्। उनको महत्वपूर्ण भूमिकामा ब्राजिलले १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो।  विश्वकपमा उनले १४ खेलमा १२ गोल गरेका छन् भने उनले आफ्नो खेलाडी करियरमा १२ सयभन्दा बढी गोल गरेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

बडादसैँ सुरु, आज घटस्थापना

बडादसैँ सुरु, आज घटस्थापना

२०८० आश्विन २८, आईतवार ०९:२३ गते
२ लघुवित्तको आईपीओ आउदैँ कुनको कति कित्ता?

२ लघुवित्तको आईपीओ आउदैँ कुनको कति कित्ता?

२०७९ भाद्र १७, शुक्रबार ०८:२० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते