स्वस्तिक छाप, स्टाम्प, मतदाता नामावलीसहित ७ जना पक्राउ

लालबन्दी : सर्लाहीमा निर्वाचनमा प्रयोग हुने स्वस्तिक छाप, स्टाम्प, मतदाता नामावलीसहित ७ जना पक्राउ परेका छन ।

मतदान हुने दिन आईतवार बिहान साँडे १२ बजेको समयमा कबिलासि ७ अगर्वास्थित नवलपुर मलंगवा सडक खण्डमा भारतिय स्कोर्पियोलाई जाँच गर्ने क्रममा शसस्त्र प्रहरीको टोलीले सो समानसहित उनिहरुलाई पक्राउ गरेको हो । शसस्त्र प्रहरी बल १० नम्बर गण हेडक्वार्टरबाट चेकजाँचमा खटिएको टोलीले नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बिआर ०६ सिजेट ७६२४ नम्बरको स्कोर्पियोबाट मतदाता नामावली १ सेट, २४ थान स्वस्तिक छाप, ५ पिस स्टाम्प बरामद भएको र गाडिसहित सवार ७ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाईएको शसस्त्र प्रहरीले बताएको छ ।

शसस्त्रले स्कोर्पियोसँगै सवार कबिलासिका ५ जना र २ जना भारतियलाई पनि पक्राउ गरि नेपाल प्रहरीलाई बुझाएको छ । पक्राउ पर्नेहरुमा कबिलासी नगरपालिका १० बस्ने बर्ष २० का मिथलेश यादव, बर्ष १९ का राम नारायण चौधरी, बर्ष ३५ का अजय कुमार राय, बर्ष ३२ का प्रमोद राय, बर्ष ३४ का राजेश कुमार राय र भारतको सितामढी रिगा बस्ने बर्ष अं.३४ का कैमुदिन मंसुरी र सोहि ठाउँका बर्ष २७ का डब्लु कुमार राय रहेका छन ।

उनिहरुलाई स्कोर्पियो र निर्वाचन सामाग्रीसहित जिल्ला प्रहरी कार्यालयमा बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

रियल मड्रिडको पुनरागमन जित

रियल मड्रिडको पुनरागमन जित

२०८१ श्रावण २०, आईतवार २१:४० गते

ताजा अपडेट

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते