एमालेको किसान महासंघले बुझायो नगरप्रमुखलाई ज्ञापन–पत्र

लालबन्दी । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले शुक्रबार लालबन्दी नगरप्रमुख वासुदेब अधिकारीलाई ज्ञापन–पत्र बुझाएको छ । उसले लालबन्दी नगरपालिका किसान प्रति उदासिन देखिएको भन्दै नगर प्रमुखलाई बिभिन्न मागसहितको अनुरोध पत्र बुझाएको हो ।

ज्ञापन–पत्रमा महासंघले नगरभरिमा धेरै किसानका पशु बस्तुको लम्पि स्किन रोगबाट मृत्यु भईसकेको र धेरै बिरामि अवस्थामा रहेकोले किसानलाई राहतको कार्यक्रम घोषणा गरि किसानको पिडामा मल्हम लगाउन भनेको छ । महासंघले लालबन्दीमा यो रोग बिकराल अवस्थामा रहेको, हालसम्म ३०० बढि पशुमा यो रोग देखा परेको, कति पशु बिरामि छन भन्ने नगरपालिकासँग यकिन तथ्यांक नभएको लगाएतका आरोप लगाउँदै किसानका मागहरु तत्काल पुरा गर्न माग गरेको छ ।

https://www.youtube.com/watch?v=SrAn4d2ndhk&t=35s

महासंघका तर्फबाट मधेश प्रदेश कमिटि सदस्य प्रभु नारायण शिवाकोटी, केन्द्रिय कमिटि सदस्य प्रकाश थापापिहतका नेताहरुको तर्फबाट नगरप्रमुख अधिकारीलाई बुझाईएको पत्रमा स्थानिय सरकारले लम्पी स्किन रोगका कारण मृत्यु भएको पशुको क्षतिपुर्ति तत्काल किसानहरु उपलब्ध गराउनुपर्ने, रोगको निःशुल्क उपचारको व्यवस्था गरिदिनुपर्ने, अति वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी, पहिरो, डुबानको समस्या र त्यसको रोकथामको लागी पूर्व तयारी गरिनुपर्ने, किसानहरुलाई सहज रूपमा मलखादको व्यवस्था गरिनुपर्ने, उखुको क्रसिङ्ग सिजन २०७९/०८० को उखुमा दिईएको अनुदान रकम भुक्तानीको लागि पहल गरिनुपर्ने, नगरमा भएको पशु तथा कृषि बालिको अनुदानमा बिमाको व्यवस्था गरिनुपर्ने, किसानहरुले उत्पादन गरेको खाद्य तथा तरकारीको उचित मुल्यमा बिक्री वितरणको व्यवस्था मिलाईनुपर्ने र पालिकामा यसभन्दा पहिले दिएको मागपत्रमा के कति बजेट छुटयाइयो सो को जानकारी गराउनुपर्ने माग गरिएको छ ।

महासंघले हरिवनमासमेत सोहि आशयको ज्ञापनपत्र (अनुरोधपत्र) बुझाएको एमाले नेता प्रकाश थापाले लालबन्दी पोस्टलाई बताउनुभयो । सोहि प्रकृतिको माग राख्दै महासंघले केहि दिन अघि हरिवनमा २ घण्टा चक्काजाम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज वैशाख शुक्ल पूर्णिमा, सार्वजनिक विदा

आज वैशाख शुक्ल पूर्णिमा, सार्वजनिक विदा

२०८० बैशाख २२, शुक्रबार ०७:३९ गते
लामाद्धारा खेल जर्सि सहयाेग

लामाद्धारा खेल जर्सि सहयाेग

२०७९ भाद्र २८, मंगलवार ०६:०५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते