सुरक्षागार्डलाई रिहा गरिदिन मैले नै गृहमन्त्त्रालयलाई भनेकाे हुँ: पर्यटनमन्त्री


काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको सचिवालयले थुनामा रहेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई थुनामुक्त गर्न गृहमन्त्रालयलाई आग्रह गरेको बताएका छन् ।

मन्त्रीलाई दुर्व्यवहार गरेकोले गुरुङ पक्राउ गरेको भन्दै श्रेष्ठका स्वकीय सचिव भीमसेन राजवाहकले विज्ञप्ति निकालेरभनेका छन्, ‘‍…निज गुरुङले प्रहरीसमक्ष गल्ती महसुस गरिसकेकोले निजलाई नियन्त्रणमुक्त गरिदिन माननीय मन्त्रीज्यूले गृहमन्त्रालयलाई आग्रह गर्नुभएको छ ।’

विज्ञप्तिमा उनले क्यानाडामा हुने कार्यक्रममा सहभागी हुन जानका लागि भिसाका लागि बायोमेट्रिक दिन छाया सेन्टरमा पुगेका बेला मन्त्री श्रेष्ठलाई सुरक्षागार्ड गुरुङले दुर्व्यवहार गरेको दाबी गरेका छन् । सुरक्षागार्ड र उनको कम्पनीले भने लाइनमा बस्नुस् भन्दा मन्त्रीले दुर्व्यवहारको झूटो आरोपमा थुनाएको आरोप लगाएका छन् ।

गृहमन्त्री बालकृष्ण खाँणले भने यसअघि नै गुरूङलाई प्रक्रिया पूरा गरेर रिहा गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेका छन् । श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेका गरुड सेक्युरिटीका सुरक्षाकर्मी गुरुङलाई तत्काल थुनामुक्त गर्नुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

एमाले गठबन्धन सरकारको संकेत

एमाले गठबन्धन सरकारको संकेत

२०७९ मंसिर १३, मंगलवार ११:२४ गते
६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहिरियो

६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहिरियो

२०८० माघ २५, बिहीबार १६:३१ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते