दोल्ती पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न अनुमति मागेको हो ।कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ९ हजार ४५८ कित्ता शेयर निष्काशन गर्नेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।कम्पनीले दैलेखमा ४.५ मेगावाटको पदम खोला स्मल हाइड्रोपावर प्रोजेक्ट सञ्चालन गर्दैछ ।
मेरोलगानी बाट