थुनुवासहित फरार भएका प्रहरी जवान १६ वर्षपछि पक्राउ

काठमाडौँ । लागुऔषध मुद्दाका थुनुवालाई भगाएर फरार भएका नेपाल प्रहरीका जवान १६ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले तत्कालीन प्रहरी जवान वीरबल राय यादवलाई पक्राउ गरेको हो ।

उनले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको किर्ते दस्तखत गरी हिरासतमा रहेका लागूऔषध अपराधका थुनुवालाई भगाएका थिए । त्यसवापत् उनले ६ लाख २५ हजार रुपैयाँ लिएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई नेपाल(भारत सीमा क्षेत्र काँकडभिट्टाबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । डिएसपी अनिल घिमिरेका अनुसार कार्यालयले यादवलाई शुक्रबारै प्रहरी परिसर काठमाडौंमा बुझाएको छ ।

उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १०२ अनुसार कसुरको सजाय हुने डिएसपी घिमिरेले बताए । पक्राउ पर्ने यादव हाल भारतको कोलकतामा श्रीमतीसहित बस्दै आएको खुलेको पाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

सर्लाहीमा २ बालबालिकाको मृत्यु

सर्लाहीमा २ बालबालिकाको मृत्यु

२०८० बैशाख ७, बिहीबार १९:०६ गते
दलित समुदाय एकजुट भएर अघि बढ्ने अठोट

दलित समुदाय एकजुट भएर अघि बढ्ने अठोट

२०८१ श्रावण ६, आईतवार २०:२६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते