सांसद अमरेश सिंहको प्रश्न : रवि लामिछानेको मुद्दा एकैदिनमा फैसला हुने, अरूको वर्षौं लाग्ने ?

काठमाण्डौँ : सर्लाहीबाट स्वतन्त्र जितेका सांसद अमरेशकुमार सिंहले संविधानले दिएको मौलिक हकको कार्यान्वयन गर्न कानुन बनाउनका लागि दलहरू चुक्दा हजारौं नेपालीहरू नागरिकताविहीन हुनुपरेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद सिंहले नागरिकलाई न्यायोचित व्यवहार गर्न सरकार चुकेको बताउँदै छिटोभन्दा छिटो कानुन बनाउन माग गरेका छन् ।

उनले नागरिकता नपाएर माइतीघर मण्डलमा धर्नामा बसेका जन्मसिद्धका छोराछोरीमाथि दमन गरेको बताए ।

अदालतले पनि नागरिकतासम्बन्धी मुद्दालाई चाँडोभन्दा चाँडो टुंगो लगाउनुपर्नेमा विलम्ब गरिरहेको उनको आरोप थियो ।

‘रवि लामिछानेको मुद्दा एकैदिनमा फैसला हुने, अरूको मुद्दामा वर्षौं लाग्ने ?,’ सांसद सिंहले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

२०८१ असार २३, आईतवार १०:४६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते