एमालेको २ महिने मिसन ग्रासरुट, मधेश प्रदेशमा ईश्वर पोखरेलले अनुगमन गर्ने

काठमाडौं : नेकपा एमालेले पार्टीका करिब ९ लाख संगठित सदस्यसहित देशभरका लाखौं कार्यकर्ताहरूलाई एकैपटक सक्रिय गराउन २ महिने अभियान थालेको छ । फागुन २ गते फिल्डमा खटिने केन्द्रीय सदस्यहरूलाई आ-आफ्नो प्रदेशमा अभिमुखीकरण गरेर सो अभियान अघि बढ्ने भएको छ ।

सोमबार महासचिव शंकर पोखरेलले मिसन ग्रासरुट अभियान सञ्चालनबारे स्थायी कमिटी सदस्यहरूसँग छलफल गरेका छन् । सातै प्रदेशमा एकैपटक चैत मसान्तसम्म चल्ने सो अभियानमा केन्द्रीय पदाधिकारीहरू पनि खटिने भएका छन् ।

केन्द्रीय सचिवालयको पछिल्लो बैठकको निर्णयअनुसार सातजना सचिवलाई सात प्रदेशको फिल्ड कमाण्डर तोकिएको छ । समग्र कामको अनुगमन गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्षहरूलाई प्रदेश तोकेर अनुगमनको जिम्मा दिइएको छ ।

अनुगमनको जिम्मा पाएका उपाध्यक्षहरू आ(आफ्नो प्रदेशमा फागुन ५ गते हुने केन्द्रीय सदस्यहरूको अभिमुखीकरण कार्यक्रममा सहभागी हुनेछन् भने आवश्यकताका आधारमा विभिन्न जिल्लाहरूमा पनि जाने बताइएको छ ।

मिसन ग्रासरुट अभियानमा प्रत्येक सदस्य जोडिने र नेता कार्यकर्ताहरू परिचालन हुने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए । रिजालका अनुसार जिल्लामा सदस्यता नवीकरणदेखि अग्रजहरूको सम्मानलगायतका कार्यक्रमहरू हुनेछन् ।

हरेक केन्द्रीय सदस्य गाउँपालिका तहसम्म खटिने र जुन जिल्लाको हो त्यसभन्दा बाहिर अर्को जिल्लामा खटाइने एमालेले योजना बनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले फिल्ड कमाण्डरहरूलाई डायरी र कलम सँगै लिएर पार्टीका तलसम्मकै कार्यकर्ता तथा कमिटीका समस्याहरू टिपेर ल्याउन भनेका छन् ।

  • कुन प्रदेशमा को ?

प्रदेश १ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले २ महिने अभियानको अनुगमन गर्दा फिल्ड कमाण्डरका रुपमा सचिव टोपबहादुर रायमाझी तोकिएका छन् । त्यस्तै मधेस प्रदेशको अनुगमन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नेछन् भने सचिव रघुवीर महासेठ फिल्ड कमाण्डर हुनेछन् ।

वागमतीमा उपाध्यक्ष सुरेन्द्र पाण्डेले अनुगमन र सचिव गोकर्ण विष्टले फिल्ड कमाण्ड गर्दा गण्डकीमा उपाध्यक्ष युवराज ज्ञवाली अनुगमनमा खटिएका छन् भने सचिव पद्मा अर्याल फिल्ड कमाण्डर तोकिएकी छन् ।

त्यस्तै लुम्बिनीमा अनुगमनको जिम्मा उपाध्यक्ष रामबहादुर थापा बादलले पाएका छन् भने सचिव छविलाल विश्वकर्मा फिल्ड कमाण्डर तोकिएका छन् । कर्णालीमा उपाध्यक्ष सुवास नेम्वाङ अनुगमन र सचिव योगेश भट्टराई फिल्ड कमाण्डर तोकिएका छन् ।

सुदूरपश्चिममा उपाध्यक्ष विष्णु पौडेल अनुगमन र सचिव लेखराज भट्ट फिल्ड कमाण्डर तोकिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

किन झमझमाउँछ हातखुट्टा !

किन झमझमाउँछ हातखुट्टा !

२०७९ माघ २०, शुक्रबार ०९:३९ गते
कति समयपछि फेर्ने ओछ्यानको तन्ना ?

कति समयपछि फेर्ने ओछ्यानको तन्ना ?

२०७९ मंसिर १६, शुक्रबार १२:०३ गते

ताजा अपडेट

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते