मधेशका मुख्यमन्त्री यादवले दीपावलीको शुभकामना दिँदै संघसँग अधिकार लिन मागे सहयोग

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशवासीलाई दीपावलीको शुभकामना दिँदै केन्द्रसँग अधिकार लिन सहयोग मागेका छन् ।

मुख्यमन्त्री यादवले आज बिहान जारी गरेको शुभकामना सन्देशमार्फत संविधानले प्रदेशलाई दिएको अधिकार केन्द्रको कब्जामा रहेको गुनासो गरे । उनले भने ‘एउटा प्रहरीसमेत चलाउने अधिकार प्रदेश सरकारलाई छैन । मधेश सरकारलाई तपाईँको सहयोगको खाँचो छ ।’

प्रकृतिले पनि अपेक्षित रूपमा साथ नदिँदा बालीनालीमा असर परेकाले किसान, मजदुर र गरिबलाई सकस परेको उल्लेख गर्दै उनले अब सरकार विकासको मार्गमा दायाँबायाँ कतै नगरी लाग्ने प्रतिबद्धता जनाए ।

‘जनताको मंगल नै हाम्रो अभीष्ट हो’, उनको शुभकामना सन्देशमा भनिएको छ, ‘यो बाहेक सरकारको कुनै मार्गचित्र छैन । हामीले सपनाहरूलाई नयाँ आयाम दिनु छ ।’ नयाँ ऊर्जा र विश्वासका साथ सेवामा समर्पित हुने उनको प्रतिबद्धता छ ।

‘मधेशमा ब्रम्ह मुहूर्तमा सूप बजाउँदै दरिद्र भगाउने र माता लक्ष्मीलाई स्वागत गर्ने आफ्नै खालको विशिष्ट संस्कृति र परम्परा छ’, मुख्यमन्त्री यादवले प्रदेशवासीलाई भनेका छन्, ‘चारैतिरबाट दियोको प्रकाशले तपाईँहरूको जीवनमा रहेको अँध्याराहरू मेटेर सुख, समृद्धि, सौभाग्य ल्याओस् भनी कामना पनि गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

एमाले गठबन्धन सरकारको संकेत

एमाले गठबन्धन सरकारको संकेत

२०७९ मंसिर १३, मंगलवार ११:२५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते