लाेकप्रिय सर्जक प्रकाश सपुतकाे ‘दमाई महाराज’ सार्वजनिक

  • मन मनकै कुरा गर्छु मनैबाट सुन्नु
  • मन आफ्नो मन कस्तो लौ आफैंले गुन्नु
  • मन त हुन्छ चञ्चल, मन त हुन्छ चुलबुल
  • मनलाई फकाउनुपर्छ बालक फकाए झैं नत्र गर्छ सलबल
  • हलहलहल मन हलहलहल

गायक प्रकाश सपुतको नयाँ गीत ‘दमाई महराज’ का शब्द हुन् यी । आफ्ना गीतमा समाजका विकृति, विसंगति र विभेदविरुद्धको सन्देश प्रवाह गर्ने प्रकाशले यो गीतमा जातीय विभेदको कथा प्रस्तुत गरेका छन् ।

प्रकाशकै शब्द तथा लय रहेको गीतमा उनलाई गायनमा शान्तिश्री परियारले साथ दिएकी छन् । यसअघिका उनका चर्चित गीत ‘बोलमाया’ र ‘गलबन्दी’को अन्तिम भाग भनिएको गीत ‘दमाई महाराज’को भिडियोमा गाउँमा लगाइएको महायज्ञमार्फत जातीय विभेदविरुद्धको सन्देश दिइएको छ ।

प्रकाश सपुतकै कथा, निर्माण र निर्देशन रहेको गीतको भिडियोमा प्रकाश, अञ्जली अधिकारी, गीत ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, पुष्पा अवस्थी, विराज थापा, लोकनाथ वाग्ले, विशाल घिमिरेलगायतको अभिनय छ । बालकलाकारको रुपमा दिप्लव विक र प्रभार सपुतले अभिनय गरेका छन् । भिडियोलाई मानकृष्ण महर्जन र दिनेश पराजुलीले खिचेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका छन् । गीतको एरेन्जर सुदीप सागर हुन् ।

प्रकाशले यस वर्षलाई जातीय विभेदविरुद्धका गीत सिर्जना गर्ने वर्षको रुपमा काम गर्ने घोषणा गरेका छन् ।

हेर्नुहाेस् सपुतकाे नयाँ गीत…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

भोली समाजवादी मोर्चा घोषणा हुने

भोली समाजवादी मोर्चा घोषणा हुने

२०८० असार ३, आईतवार १७:५७ गते
अलमलमा दलित आन्दोलन

अलमलमा दलित आन्दोलन

२०८० मंसिर २२, शुक्रबार ११:५२ गते
धरान पुगेर वृक्षरोपण गरे प्रचण्डले

धरान पुगेर वृक्षरोपण गरे प्रचण्डले

२०७९ भाद्र १०, शुक्रबार १०:१६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते