सवारी दुर्घटनामा चालु आर्थिक बर्षको ५ महिनामा २९ जनाको मृत्यु

लालबन्दी : पछिल्लो ५ महिनामा सर्लाही जिल्लामा मात्रै सवारी दुर्घटनामा परि २९ जनाको ज्यान गएको छ ।

आर्थिक बर्ष २०७९/८० को ५ महिनामा साना ठुला सवारी दुर्घटनामा परि २९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनाएको छ । सबैभन्दा धेरै गएको मंसिर महिनामा १० जनाको दुर्घटनामा परि ज्यान गएको छ ।

३९७ ओटा दुर्घटनामा परि ज्यान गुमाएका २९ जनामध्ये २ बालक र २ बालीकासमेत छन । पुर्व पश्चिम राजमार्ग तथा भित्रि सडकमा भएका दुर्घटनामा ५२६ जना सामान्य र १२५ जना गम्भिर प्रकृतिका घाईते भएका जिल्ला ट्राफिक प्रमुख ईन्स्पेक्टर ईश्वर कार्किले बताए ।

यो बिचमा ट्राफिक प्रहरीले सवारी दुर्घटना न्युनिकरणका लागी बिभिन्न कार्यक्रमसमेत गरेको छ । उसले ५ महिनाको अवधिमा १२६ पटक बिभिन्न खाले चेतनामुलक कार्यक्रम गरेर साँडे पाँच हजार बढिलाई सुसुचित गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज माघ १ गते आइतवारको दैनिक राशिफल

आज माघ १ गते आइतवारको दैनिक राशिफल

२०७९ माघ १, आईतवार ०६:४८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते