मधेश प्रदेशको विभिन्न जिल्लाबाट हतियारसहित ५७ जना पक्राउ

लालबन्दी : मधेश प्रदेशको विभिन्न जिल्लाबाट प्रहरीले दुई वर्षको अवधिमा करिब पाँच दर्जन व्यक्तिलाई हतियारसहित नियन्त्रणमा लिएको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधामले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०७९।०८० को पुस महिनासम्ममा ८ वटा हतियार नियन्त्रणमा लिएको छ । भने,गत आर्थिक वर्ष २०७८।०७९मा ४९ वटा हतियारसहित व्यक्तिलाई समेत प्रकाउ गरेको थियो । नियन्त्रणमा लिइएको ५७ वटा हतियारमध्ये ४४ वटा कटुवा,पेस्तल लगायतका साना हतियार रहेको छ भने १३ वटा ठूलो हतियार नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी सुमन तिमल्सिनाले बताए ।

सूरक्षाको दृष्टिकोणले प्रदेशको अत्ति संवेदनशील मानिएको जिल्ला बाराबाट सबभन्दा बढी सानो ठूलो गरी १६ वटा हतियार प्रहरीले नियन्त्रणमा लिएको छ भने सोही अवधिमा सबभन्दा कम महोत्तरी र सप्तरी जिल्लाबाट दुई÷दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको प्रवक्ता तिमल्सिनाले जानकारी दिए । त्यस्तै धनुषाबाट १०,सर्लाहीबाट ८,रौतहटबाट ८ तथा पर्साबाट ८ जनालाई हतियार सहित नियन्त्रणमा लिइएको जनाइएको छ । हतियारसहित पक्राउपर्नेहरुमाथि हातहतियार खरखजाना अन्र्तगत मुद्दा दर्ता गरी कारवाही अगाडि बढाइएको छ ।

भारतीय सीमानाकाबाट हुने अवैध हतियारको तस्करीले गर्दा मधेश प्रदेशमा हत्या हिंसाको घटनामा समेत वृद्धि भएर गएको छ । सामान्य विवाद,लेनदेन,जग्गा जमिन विवादमा समेत अवैध हतियारको प्रयोग र ज्यानै लिनेसम्मका घटना हुने गरेको छ । प्रदेशका आठवटै जिल्ला भारतसंगको खुला सीमासंग जोडिएकाले यी क्षेत्रमा अवैध हतियार सहजै ओसार–पोसार हुने गरेको छ, जुन विषय प्रहरीका लागि चुनौती बनेको छ ।

भारतमा सहज रुपमा र कम रकममै यस्ता हतियार उपलब्ध हुनेभएकाले आपराधिक गतिविधिमा संलग्न व्यक्तिले आफै अथवा दलाल मार्फत हतियार मगाउने गरेको प्रहरी अधिकृतहरु बताउँछन् । हतियारसहित नियन्त्रणमा लिइएका मध्ये अधिकाँश व्यक्तिहरु दुव्र्यसनी तथा बेरोजगारहरु रहेको प्रवक्ता तिमल्सिनाको कथन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

निर्वाचनमा दुई दिन सार्वजनिक बिदा

निर्वाचनमा दुई दिन सार्वजनिक बिदा

२०७९ कार्तिक २९, मंगलवार ११:५३ गते
कति समयपछि फेर्ने ओछ्यानको तन्ना ?

कति समयपछि फेर्ने ओछ्यानको तन्ना ?

२०७९ मंसिर १६, शुक्रबार १२:०३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते