अनेमसंघ समाजवादीद्वारा नवनिर्वाचित सांसद लुंगेलीलाई बधाई तथा शुभकामना

लालबन्दी : लोकप्रिय मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित सांसद बेची लुंगेलीलाई भब्य कार्यक्रमका बिच बधाई तथा शुभकामना प्रदान गरिएको छ ।

नेकपा (एकिकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ समाजवादीले एक कार्यक्रमको आयोजना गर्दै नवनिर्वाचित सांसद लुंगेलीलाई बधाई दिएको हो । शुक्रबार पार्टी सम्पर्क कार्यालय लालबन्दीमा अनेम संघ समाजवादीको जिल्ला कमिटि सर्लाहीले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा संघको जिल्ला अध्यक्ष रमा पौडेल, स्थायी कमिटि सदस्य अन्जु साह, पार्टी जिल्ला कमिटि अध्यक्ष सुरेन्द्र लामा, पार्टी जिल्ला सह–सचिव उद्धव पाठक, पार्टीको लालबन्दी नगर कमिटि अध्यक्ष राजन काफ्ले, पार्टी निकट युवा संघका सर्लाही ईन्चार्ज सिङ्ग योञ्जन, पार्टी निकट बुद्धिजिवि परिषद जिल्ला संयोजक सुनिल लामा, लालबन्दी नगर उपप्रमुख कल्पनामाया पाख्रिन, नेपाली कांग्रेस लालबन्दी नगर सचिवालय सदस्य सानु पाख्रिन, अनेमसंघ क्रान्तिकारी माओवादीकी राधा भण्डारीलगाएत पार्टी निकट नेता कार्यकर्ता र स्थानियको उल्लेख्य सहभागीता रहेको थियो ।

४ मंसिर २०७९ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर १ (ख) कि निवर्तमान सांसद एवं आफ्नो क्षेत्रमा अत्यधिक लोकप्रिय समाजवादी नेत्री लुंगेली प्रतिस्पर्धि भन्दा दोब्बर मत ल्याएर दोश्रो पटक निर्वाचित हुनु भएको हो । अनेमसंघ लालबन्दी नगरकमिटि सचिव रन्जना घिसिङले संचालन गरेको कार्यक्रममा बधाई तथा शुभकामना ग्रहण गर्दै सांसद लुंगेलीले नयाँ पार्टी भईरहँदा पनि जनताले रुचाएर, पार्टी तथा गठबन्धनले अहोरात्र खटिएर आफुलाई जिताएको प्रति सबैलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

उहाँले आफुले मंसिर ४ को निर्वाचनमा प्रवेश परिक्षा पार गरेको र अबको ५ बर्षमा धेरै नै परिक्षा दिन बाँकी रहेको तर्क गर्नुभएको थियो । उहाँले जनअपेक्षा अनुरुप सबैलाई उच्च सम्मानका साथ ५ बर्ष आफुले काम गर्ने बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते