सर्लाही ३ (क) मा स्वतन्त्र उम्मेद्वार कुशवाह र (ख) मा निवर्तमान सांसद यादव बिजयी

लालबन्दी : सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ (क) मा स्वतन्त्र उम्मेद्वार जवाहरलाल कुशवाह विजयी भएका छन । कुशवाहले १ हजार ४३० मतान्तरले नेकपा एमालेका उम्मेद्वार गणेश प्रसाद प्रसाईंलाई पराजित गरे ।

कुशवाहले १६ हजार ५९१ मत प्राप्त गर्दा एमालेका प्रसाईले १५ हजार १६६ मत मात्र प्राप्त गरे ।यस्तै तेस्राे स्थानमा देखिएकाे नेकपा (एकीकृत समाजवादी) पार्टीका उम्मेद्वार डिल्ली प्रसाद उप्रेतीले ५ हजार ३७२ मत प्राप्त गरेका छन ।

कुशवाहलाई केही समय पहिला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले पार्टी प्रवेश गराएका थिए । गठवन्धनका कारण सो क्षेत्र एकीकृत समाजवादीको भागमा परेपछि माओवादी नेता कुशवाहले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

त्यसैगरि (ख) मा जनता समाजवादीका नेता एवं सोहि क्षेत्रका पुर्व मधेश प्रदेससभा सांसद संजय यादव विजयी भएका छन् । यादव १३ हजार १९० मत सहित विजयी भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सरोज रायलाई ४ हजार ८४२ मतले पछि पारे ।

नेपाली कांग्रेसका हरेश महतो ८ हजार ३५ मत सहित तेस्रो स्थानमा रहे । मत गणनाको अधिकांश समय यादवलाई पच्छ्याएका महतो अन्तिम नतिजामा तेस्रो स्थानमा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

एनसेलको ‘एनसेल ईपीएललिग’प्रतियोगिता

एनसेलको ‘एनसेल ईपीएललिग’प्रतियोगिता

२०८० श्रावण ३२, बिहीबार २०:२९ गते
आज फागुन १२ गते, शुक्रवारको दैनिक राशिफल

आज फागुन १२ गते, शुक्रवारको दैनिक राशिफल

२०७९ फाल्गुन १२, शुक्रबार ०६:१७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते