डिजिटल भुक्तानी गर्नेको संख्या बढ्दै

सर्लाही, असार ५ : जिल्लाको ब्यापारीक केन्द्रको रुपमा बिकशित हुँदै गरेको लालबन्दी बजारमा आजकल गोजिमा पैसा बोकेर हिँड्नेहरु कमै भेटिन्छ । चिया पसल, खाजा घरदेखि विभिन्न मार्ट र बजारहरुमा डिजिटल भुक्तानी गर्नेको संख्या बढी छ ।

हिजोआज डिजिटल बैंकिङको प्रयोग शहरतिर मात्र नभएर ग्रामीण क्षेत्रमा पनि बढ्दो छ । सजिलो र छरितो हुने भएकाले युवा पुस्ता डिजिटल बैंकिङतिर आकर्षित भएको पाइन्छ । दुई वर्षअघिसम्म सर्लाहीका धेरै क्षेत्रमा मोबाइल बैंकिङ नौलो थियो । तर, अचेल ग्रामीण क्षेत्रमा पनि माेबाइलबाटै काराेबार गर्नेकाे संख्या बढेकाे छ । सूचना प्रविधिमा भएको विकाससँगै डिजिटल बैंकिङ साझा रुचि एवं चासोको विषय बनेकाले प्रयोगकर्ताहरू बढ्दै गएका प्रयोगकर्ताको बुझाई छ ।

डिजिटल बैंकिङ भनेकाे भौतिक रूपमा उपस्थित नभई आधुनिक सूचना तथा प्रविधिको उपयोग गरेर गरिने बैंकिङ प्रणाली हाे । अब पहिलाजस्तो पैसाको लेनदेन गर्न बैंकका शाखाहरूमा लाइन लाग्नै पर्दैन ।

लालबन्दीको मरिन चोक नजिकै फेन्सी कपडा पसल संचालन गरिरहेका एकजना ब्यापारी आजकल सबैले डिजिटल भुक्तानी गर्ने भएकोले काउन्टरमा कमै मात्र क्यास जम्मा हुने गरेको अनुभव सुनाउँछन ।

घरै बसेर केही मिनेटमै कम्प्युटर, ल्यापटप र स्मार्टफोन आदिको प्रयोगबाट अधिकांश बैंकिङ सुविधाहरू प्राप्त गर्न सकिन्छ । डिजिटल बैंकिङले ग्राहकहरूको दैनिकी एवं जीवनशैलीमा बैंकलाई जोड्न मद्दत गरेकाे छ । जिल्लाका बैंक शाखाहरूमा अचेल पहिलाजस्ताे लाइन देखिँदैन ।

युवाहरूले क्यूआर, फोनपे खोज्न थालेपछि सानातिना पसल, होटलहरूमा समेत स्क्यानर राख्न थालिएको छ । बीमा गरेकाहरू पनि प्रिमियम बुझाउन बीमक भएसम्म जानै पर्दैन । घर बसीबसी तिर्ने गरेकाे उनीहरू बताउँछन् ।

पहिले पैसा निकाल्न घण्टौँ लाइन बस्नुपर्थ्याे । अचेल एटीएमबाट एकैछिनमा नगद पाउन सकिन्छ । रेस्टुरेन्टमा खाएकाे तिर्न हाेस् वा पसलमा सामानकाे भुक्तानी गर्न माेबाइलबाटै सम्भव छ । जुनसुकै स्थानमा गएर डेबिट कार्डद्वारा नगदबिना नै कुनै पनि वस्तु तथा सेवाको उपभोग गर्न पाइन्छ । याे सुविधाबाट नगद बोक्नुपर्ने झन्झट, हराउने, चोरी हुने जोखिमबाट बच्न सकिन्छ । ग्रामीण क्षेत्रमा भने मोबाइल बैंकिङ र क्यूआर कोडको प्रयोग बढी देखिन्छ । यद्यपि, माेबाइल बैंकिङलाई अझै समस्यारहित र चुस्त बनाउन प्रयोगकर्ताहरू सुझाउँछन् ।

नेपालमा डिजिटल बैंकिङकाे सुरुवात सन् १९९३ तिर भएकाे बताइन्छ । यस्तै, इन्टरनेट बैंकिङको थालनी सन् २००२ मा भएको हो । सन् २००३ मा भिसा डेबिट कार्ड र २००४ देखि मोबाइल बैंकिङ सुरु भएको पाइन्छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

यमपञ्चकको तेश्रो दिन आज गाईतिहार

यमपञ्चकको तेश्रो दिन आज गाईतिहार

२०८० कार्तिक २७, सोमबार १०:३२ गते
एमाले गठबन्धन सरकारको संकेत

एमाले गठबन्धन सरकारको संकेत

२०७९ मंसिर १३, मंगलवार ११:२५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते