नेता बानियाँद्वारा मनहरीका विपन्न ५ सय घरपरिवारलाई खाद्यान्न सहयोग

हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाका गरिव विपन्न चेपाङ, तामाङ तथा लोपोन्मुख बनकरिया समुदायका ५ सय घरपरिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।
मनहरी गाउँपालिकाको ४, ५ र ६ नम्बर वडाको नयाँबस्ती, बनकरिया, अजिंगरे, चिसापानी, रुपाचुरी, खरिवाङ, लोथर, खयरघारी, चौकीटोल, नयाँवस्ती, प्रतापपुर क्षेत्रका चेपाङ, बनकरिया तथा तामाङ समुदायका गरिव, विपन्न परिवारका ५ सय घरपरिवारलाई प्रतिपरिवार एक बोरा चामल, दाललगायतका खाद्य सामाग्री सहयोग गर्नुभएको हो ।
खाद्य सामाग्री हस्तान्तरण गर्दै नेता बानियाँले नेपाली कांग्रेस प्रत्येक दिनदुःखी, असहाय, गरिवको सेवामा सधैं समर्पित रहने बताउँदै कम्युनिष्टले जस्तो फुस्रो र छलकपट जस्ता आश्वासन नदिने बताउनुभयो ।
नेता बानियाँले चाडबाडको मुखमा गरिव र विपन्न जनतालाई केही राहात हुने लक्ष्यका साथ सानो सहयोग गरेको बताउँदै जनताको दुःख, पीडा र साथ सहयोगमा कांग्रेस सधैं रहिरहने बताउनुभयो ।
नेता बानियाँले मनहरी गाउँपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिहरुलाई भुगोलको आवश्यक्ता अनुसार विकास निर्माण र जनताको मन जितेर काम गर्न निर्देशन दिनुहुँदै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु जनताको मनमा बस्न सफल हुनसमेत शुभकामना दिनुभयो ।
कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्यद्वय जानकी लामा र कैलाश कोइराला, मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, वडा अध्यक्षहरु शिव खनाल, अनन्त अर्याल, युवराज थपलिया, ठाकुरराम तितुङ, नारायण उप्रेती, राजकुमार श्रेष्ठ, वडा सभापति आईतसिं तितुङ, महाधिबेशन प्रतिनिधि शेरबहादुर परियारलगायत मनहरीका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सर्लाहीका डिएसपी कैलास राईको सरुवा

सर्लाहीका डिएसपी कैलास राईको सरुवा

२०८० भाद्र १६, शनिबार ०७:१६ गते
विश्वभर फेसबुकमा देखियो समस्या

विश्वभर फेसबुकमा देखियो समस्या

२०८० फाल्गुन २२, मंगलवार २२:३१ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते