रैथाने बालीको माग बढ्न थालेपछि कोदो फापर उत्पादन तर्फ किसान अग्रसर

  • भक्ति रिजाल, हरिवन ।

हरिवन नगरपालिका वडा नम्बर १ कोठीखोला गोले डाँडाका गुनिलाल गोले बेलुकाको खानामा चामल प्रयोग गर्दैनन्, बरु सखरखण्ड, पिँडालु, तरुल र कोदोरफापरको रोटी खान्छु भन्छन् । गोले बेलुकाको खानामा कोदो र फापर तथा अन्य रैथाने परिकार खान्छन्, जसले उनको शरीरलाई फाइदा पुगेको छ ।

रैथाने खानपानलाई अनुसरण गर्ने गोले एक जना प्रतिनीधि पात्र मात्रै हुन् । यतिबेला गाउँदेखि सहरिया भान्सामा चामल प्रयोग नगर्नेको संख्या दिनानुदिन बढ्दै गएको छ । बरहथवा नगरपालिका वडा नम्बर २ झिंगाइका सुबाइ मुखिया सम्झन्छन्, ‘आज भन्दा बीस बर्ष अगाडिसम्म गाउँ घरमा हरेक साँझ दुध रोटीरअलुवा दुधर हरिया मकै, पिँडालु, फर्सी, आलु , भुटेका मकैको भोजन हुन्थ्यो तर अहिले सम्पन्नताका नाममा खान्की तथा चालचलन, साँस्कृतिक रुपमा परिवर्तन भएको छ ।’

बाली बिज्ञ तथा हरिवन नगरपालिकाका कृषि अधिकृत प्रबिन तामाङ भन्छन् ‘मानिसकोस्वास्थ्य लाई सधैंभरी तन्दुरुस्त राख्ने रैथाने  बाली खाद्य तथा पोषण सुरक्षाका लागि महत्वपूर्ण मानिन्छ । कोदोमा चामलको भन्दा पैँतिस गुणा बढी क्याल्सियम पाइन्छ भने यसको प्रयोगले कुपोषण घटाउनुका साथै चिनी रोग लाग्न दिँदैन । लागेकालाई पनि रोकथाम गर्छ ।’ जलबायु परिवर्तन अनुकुलित रैथाने बाली हाम्रा लागि बरदान हुन् । हाम्रा बनजंगल, भिर पाखा, खाली मैदान, खोल्सा/खाल्सीमा प्रचुर रुपमा उत्पादन हुने फसल हाम्रा लागि बरदान हुन् तर हामीले कुरा नबुझेका कारण समस्या भएको तामाङको भनाइ छ ।

हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी आफु रैथाले बाली तर्फ जनतालाई आकर्षित गर्ने कार्यमा योजनाबद्ध ढंगबाट लागेको बताउँछन् । बुढाथोकी भन्छन् ‘कोदो, फापर, जुनेलो लगायतका बाली लागाउने किसानका लागि सहुलियत दिने तर्फ नगरपालिकाले सोँचेको छ । अझ चुरे तर्फ स्कुस, तरुल, पिंडालु, फुल तरुल, सिमल तरुल लगाउन किसानलाई प्रोत्साहित गर्ने तर्फ पनि सोँचिरहेको बुढाथोकीको भनाइ छ । नेपाल सरकारले स्थानीय रैथाने बालीलाई संरक्षण गर्न भनेर रैथाने बाली प्रबर्द्धन कार्यक्रम ल्याएको छ । सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर यो बालीलाई प्रचार प्रसारमा लैजाने रणनीति अख्तियार गरेको बुढाथोकीले सुनाए ।

बिगतका दिनमा मन्सुली चामलको भात खान मधेस झरेका किसान यतिबेला कोदो, फापर र सखरखण्ड खान पहाड चड्न थालेका हरिवन ९, का अगुवा किसान रामशरण उप्रेती बताउँछन् । हिजोका दिनमा कोदो र फापर खानेलाई गरिब भनेर बिभेद गर्नेहरु यतिबेला त्यही खानालाई अमृत सम्झेर प्रयोग गर्न थालेका उप्रेतीको भनाइ छ । प्रबिधिको बिकाससँगै नेपाल जब अन्तराष्ट्रिय ब्यापारमा जोडियो त्यसपछिका दिनहरू रैथाने बालीका लागि अफापसिद्द भयो तर रैथाने बालीको प्रयोग सिंगो मानव जीवनको स्वास्थ्यसँग जोडिएको हुँदा यसको महत्व हामीलाई कति छ भन्ने कुरा चाहिँ धेरैपछि आएर हाम्रा चेतनामा समाहित भयो ।

रैथाने बाली भन्नाले त्यस्ता प्रजाति हुन्– जुन पञ्जीकरण वा व्यवसायीकरण नगरिएको भन्ने बुझ्न सकिन्छ । सामान्यतया रैथाने प्रजातिहरू अन्य बाली सरह नै हुन्  तर, बाली प्रजनन अनुसन्धानका लागि मूल्यवान् मानिन्छन्, बाली बिज्ञ तथा हरिवन नगरपालिकाका कृषि अधिकृत तामाङले भने ।

नेपाल जैविक विविधताले धनी देश मानिन्छ । भू(बनोट, हावापानी तथा यहाँको विविध प्राचीन खेती प्रणाली बिश्वका लागि लोभलाग्दो मानिन्छ । जुन हाम्रा लागि पनि अनुकरणीय छ । हाम्रा गाउँका जैविक उत्पादनलाई हामीले संरक्षण गर्नु पर्दछ । कृषि पर्यावरणीय चक्र भत्किँदा आधुनिक खेती प्रणालीका नकारात्मक अभ्यास र अन्य मानवसिर्जित कारणले समग्र जैविक विविधता ह्रास हुँदै गएको छ ।

हाम्रो रैथाने कृषि जैविक विविधतामा पर्ने अन्न, घाँसे बाली, पशुपन्छी आदिको संरक्षणमा हाम्रो स्वास्थ्य दायित्व अग्रसर हुनु आवश्यक छ ।

इश्वरपुर निवासी मौरी बिज्ञ तथा मह ब्यबसायी हेमराज देबकोटा भन्छन् ‘परम्परागत बालिनालीको सही सदुपयोग गर्न सक्ने हो भने मात्रै पनि मान्छेलाई स्वस्थ जीवन बाँच्न सहयोग पुग्ने छ । रैथाने बालीसँग हाम्रा पुर्खाको गहिरो सम्बन्ध रहेको र सांस्कृतिक रुपमा पनि अन्तर्राष्ट्रिय स्तरमा हाम्रो पहिचान स्थापित हुने तर्फ सबैको चासो हुनु पर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया