सासापुर स्वास्थ्य चौकीमा बिशेषज्ञ डाक्टरको सेवामा बिस्तार

लालबन्दी । सर्लाहीको हरिवन ४ गणेशचौकमा रहेको सासापुर स्वास्थ्यचौकीमा अब महिला तथा प्रसुति रोगको पनि विशेषज्ञ डाक्टरबाट उपचार हुने भएको छ ।

बिगत १ बर्षदेखि सासापुर स्वास्थ्य चौकीबाट एक्सरे, भिडियो एक्सरे, ल्याब लगायत सेवा प्रदान हुँदै आएको थियो भने प्रत्येक महिनाको पहिलो शुक्रबार बिभिन्न रोगका बिशेषज्ञ डाक्टरबाट सेवा प्रदान गरिँदै आईएको थियो । यहि मंगलबारबाट भने हरेक शुक्रबार सो सेवा प्रदान गरिने गरि सेवा बिस्तार गरिएको स्वास्थ्यचौकीका इन्चार्ज मोहन घिसिङ्गले जानकारी दिनुभयो ।

नगरवासीहरुको स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै अब शुक्रवारको अलवा मंगलबार पनि स्त्री तथा प्रसुति रोग सम्बन्धि रोगको निदान गर्ने उदेश्यका साथ सेवा सुचारु गर्न लागिएको स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीले बताउनु भयो । उहाँका अनुसार महिलामा देखिने स्वास्थ्य समस्याहरुको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर लिमु कुमारी साहले उपचार गर्नुहुनेछ ।

डाक्टर साहबाट पाठेघरको समस्या भएका गर्भवती, सेतोपानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, बाँझोपनको समस्या भएका महिलाहरुको चेकजाँच तथा उपचार हुने भएकोले आफ्नो स्वास्थ्य परिक्षण गराई स्वास्थ्य लाभ लिन पनि सासापुर स्वास्थ्य चौकीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

धरान पुगेर वृक्षरोपण गरे प्रचण्डले

धरान पुगेर वृक्षरोपण गरे प्रचण्डले

२०७९ भाद्र १०, शुक्रबार १०:१६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते