परवानीपुरमा संयुक्त दलित वडा संजाल गठन गरियो

लालबन्दी, साउन १३ । सर्लाहीको परवानीपुरमा शनिवार दलित भेला सम्पन्न भएको छ ।

लालबन्दी नगरपालिकाको वडा नम्बर १५ र १६ का दलित समुदाय शनिवार दिउँसो संयुक्त वडा कार्यालयको सभाहलमा भेला भएका हुन । भेलाले लालबन्दी नगरमा गठन भएको नगरस्तरिय दलित नगर संजालको १६ नम्बर वडा कमिटि गठन गरेको हो । संजालले अहिले युद्धस्तरमा वडाभेला गरिरहेको र वटा कमिटि गठन गरिरहेको संजालका नगर कमिटि सचिव बिष्णु कुमार दर्जीले बताउनुभयो ।

परवानीपुरमा बसेको भेलाले टिका बहादुर बिश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटि गठन गरेको छ । १६ नम्बर वडाको दलित महिला वडा सदस्य कल्पना सार्किको अध्यक्षता तथा संजालको नगर अध्यक्ष झगरु दास तत्माको प्रमुख आतिथ्यतामा भएको भेलाले छबिलाल दमाईलाई उपाध्यक्ष, सचिवमा बिष्णु तोलाङ्गी, सहसचिवमा रिता बिक, कोषाध्यक्षमा लिलादेवी सार्किसहित अन्य सदस्यलाई चयन गरेको छ ।

वडा कमिटिको सदस्यमा एक जना भुगोल मिलाएर पछि थप्नेगरि तुलसा बिक, अम्बिका बिक, शम्भु बहादुर सार्कि र बिष्णुमाया सार्कि रहेका छन । त्यसैगरि भेलाले ५ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ । जसको संयोजकमा भिम बहादुर बिश्वकर्मा र सदस्यहरुमा लाल बहादुर रोक्का, बबिता परियार, संगीता बिक, खड्ग बहादुर बिश्वकर्मा छन । नगरसचिव दर्जीले संचालन गरेको कार्यक्रमका बक्ताहरुले दलित समुदायको हितमा काम गर्ने एउटा दह्रो संगठनको आवश्यकताको महसुस भएको बताएका थिए । सरकारले पनि दलित समुदायले उपेक्षा गर्न थालेको भन्दै आफ्नो आवाज बलियो रुपमा प्रस्तुत गर्नका लागी र दलित समुदायको हितमा काम गर्नका लागी लालबन्दी दलित नगर संजाल गठन भएको उनिहरुको दाबि थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर अध्यक्ष झगरु दासले हामि आफैले आफ्नै समुदायमा बिश्वासको वातावरण सिर्जना गर्नुपर्ने बताउनु भएको थियो । दलित समुदायको बाहुल्यता हुँदा हुँदै पनि किन हामि सँधै दलित सदस्यमा मात्रै उठ्नुपर्ने, चुनावमा वडाध्यक्ष, उपमेयर, मेयर वा अन्य पदमा किन उठ्न नहुने भन्दै दलित समुदायलाई नै प्रतिप्रश्न गर्नु भयो । अहिलेको अवस्थामा कसैले दया र मायाले कसैलाई कुनै पनि कुरा नदिने भएकोले आफ्नो अधिकार लडेर, जुधेर लिन दलित संगठन र संस्थाको आवश्यकता परेको नगरअध्यक्ष तत्माको भनाई थियो ।

त्यसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकी सभाध्यक्ष एवं वडा सदस्य कल्पना सार्किले आफुहरु अल्पमतमा परेकै कारण वडामा हुने बिभिन्न मिटिङ र छलफलमा आफ्नो कुराको सुनुवाई नहुने गरेको गुनासो सुनाउनुभयो । आफ्ना कुरा सुनाउन जति नै चिच्याए पनि निर्णय गर्ने ठाउँ र त्यो स्तरमा बसेकाले दलित समुदायको प्रतिनिधिको आवाज दबाउने प्रयत्न गरेको आफुले पाएको सार्किको भनाई थियो । उहाँले संजाल गठन भएको प्रति खुसि ब्यक्त गर्दै दलित समुदायको जनप्रतिनिधिको कुरा यहाँमात्रै नभएर कतै पनि नसुनिने र त्यसको लागी संजालले ब्याक सपोर्टमा काम गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।

पानी परेर भौगोलीक रुपमा बिकट १५ नम्बर वडाका दलित समुदायको उपस्थिती उल्लेख्य हुन नसकेपछि त्यहाँको कमिटि गठन भने अर्को दिनको लागी सारिएको त्यहाँको पुरानो संस्था दलित बिकाश संस्थाका अध्यक्ष छत्र परियारले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

NIMB को सेवा नयाँ भवनबाट

NIMB को सेवा नयाँ भवनबाट

२०८० आश्विन २९, सोमबार ११:०० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते