बरहथवाका बिद्यालय बाहिर रहेका ७० प्रतिशत बालिकालाई निशुल्क शिक्षा

  • संतोष यादव/बरहथवा ।

बालबालीकाको क्षेत्रमा काम गर्दै आएको ‘आसमान नेपाल’ नामक संस्थाले ७० प्रतिशत बालिकालाई शिक्षाको पहुँचमा पु¥याउने लक्ष्य लिएको छ । संस्थाले बरहथवामा एक कार्यक्रमको आयोजना गर्दै सो नगरपालीकामा रहेका ३ सय ५५ बालिकामध्य ७० प्रतिशतलाई बिद्यालय शिक्षाको पहुँचमा पु¥याउने लक्ष्य लिएको हो ।

बरहथवाको अन्नपुर्ण होटलमा भएको अभिमुखिकरण कार्यक्रममा संस्थाले गुणस्तरिय शिक्षामा सबै बालबालीकाहरूको समतामूलक पहुंच गराउने, सबै प्रकारको विभेद, हिंसा, शोषण, बहिस्कारको अन्त्य गर्ने, बालश्रम मुक्त विचारको स्थापना गर्ने, नागरिकलाई जिम्मेवार बनाउने, बाल अधिकार तथा बालसंरक्षण सुनिश्चित गर्ने लगाएतको बारेमा छलफल गरायो । नगरपालिकाको उपप्रमुख रामबाबु प्रसाद साहको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा बरहथवा नगरपालीकाका वडाअध्यक्षहरु राजकिशोर महतो, रामविशवास यादव, दिपेन्द्र प्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापा, शिक्षा शाखा प्रमुख अनिल साह लगाएतको सहभागीता रहेको थियो ।

संस्थाले ग्लोबल डेभलपमेन्ट ग्रुपको आर्थिक सहयोगमा बरहथवा नगरपालिकाको मनजुर्नामा कार्यक्रम संचालन गरिरहेको छ ।

संस्थाले नगरपालीकाको १८ वटा वडामध्यको ८ नम्बर वडालाई बिशेष प्राथमिकतामा राखेर अहिले काम गरिरहेको संस्थाले जनाएको छ । हाल संस्थाले स्थापना गरेको ७ वटा सिकाई केन्द्र मार्फत निशुल्क कक्षाहरु संचालन भईरहेका छन । जहाँ १० देखि १८ बर्ष उमेर समुहका १६० जना बालिका अध्ययनरत छन ।

यसको प्रमुख उद्देश्य भनेको बिद्यालय शिक्षाबाट बाहिर रहेका बालिकालाई शिक्षाको पहुँचमा ल्याउनु रहेको संस्थाका कार्यक्रम संयोजक हरेराम ठाकुरले जानकारी दिनुभयो ।

संस्थाले सर्लाहीसहित सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, धादिङ, सल्यान, सुनसरी, मोरंग, कपिलवस्तु, सुर्खेत, लमजुङ गरी १७ वटा जिल्लामा शिक्षा, स्वास्थ्य, पोषण, सुशासन, जिविकोपार्जन, बालअधिकार, बाल संरक्षण, प्राकृतिक श्रोत व्यबस्थापन, प्रकोप व्यवस्थापनलगायतको क्षेत्रमा विगत २४ वर्षदेखि काम गर्दै आइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते