तालिममा सहभागीलाई टोम्याटो सस बनाउने प्रविधि हस्तान्तरण

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा अघिल्लो महिना संचालित टमाटरको सस (केचव) बनाउने तालिममा सहभागीहरुलाई सस बनाउने बिभिन्न उपकरण हस्तान्तरण गरिएको छ ।

सोमबार वडा नम्बर ६ स्थित कार्यालय परिसरमा एक कार्यक्रम गरि तालिममा सहभागीहरुलाई सस उत्पादन गर्न आवश्य पर्ने पल्प मेसिनसहित आवश्यक पर्ने एक सेट प्रविधि हस्तान्तरण गरिएको नगरपालिकाको गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा) शाखाका बरिष्ठ उद्यम विकास सहजकर्ता समिर सुवेदीले जानकारी दिए । सहभागीहरुलाई फागुन १६ देखि २० गतेसम्म पहिलो समुह र २१ देखि २५ गतेसम्म दोश्रो समुहलाई व्यवसायीक टोम्याटो केचव बनाउने सिप विकास तालिम प्रदान गरिएको थियो । तालिममा सहभागी ५३ जनालाई भुगोल र सहजताका आधारमा ३ ओटा समुहमा बिभाजन गरेर सो सामाग्री हस्तान्तर गरिएको सुवदीले बताए ।

लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र त्रिपुरेश्वर काठमाण्डौँको आर्थिक सहयोग लिएर लालबन्दी नगरपालिकाले आयोजना गरेको तालिममा नगरका १५ वटा वडा (७ र १४ बाहेक) का ५३ जनाको सहभागीता रहेको थियो । प्रविधि हस्तान्तरण कार्यक्रममा लालबन्दी नगरप्रमुख बासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, प्रमुख प्रशासकिय अधिकृत बशन्त न्यौपाने, योजना शाखा प्रमुख रुपेश चौलागाईं, राजस्व शाखा प्रमुख गोपाल थापा, वडा नम्बर ६ का वडाध्यक्ष लालकुमार योञ्जन, ८ का शुक्र बहादुर पाख्रिन, मेड्पा) शाखाका रमेश कुमार घिमिरे लगाएतको सहभागीता रहेको थियो ।

तालिम पश्चात ब्यवसाय सुचारु गर्नका लागी आवश्यक प्राविधिक सामाग्री हस्तान्तरण गरिएको (मेड्पा) शाखाका घिमिरेले बताए । घरेलु तथा साना उद्योग विकास समितीका पूर्व उप निर्देशक राम बहादुर श्रेष्ठले तालिममा सहभागीलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा सहभागीहरुले यहाँ उत्पादन हुने आँप, मेवा जस्ता फलफुलबाट पनि यस्तै केहि बनाउन सकिने भए त्यस्तो तालिम पनि आयोजना गर्न लालबन्दी नगरपालिकासँग आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया