सडक कालोपत्रे नहुँदा बिभिन्न समस्या देखिएको भन्दै परवानीपुरवासिले गरे बाटो बन्द

लालबन्दी : सर्लाहीको परवानीपुरका स्थानियले मंगलवार आफुहरु ठेकेदारबाट आजित भएको भन्दै मुढा तेस्र्याएर बाटो बन्द गरेका छन । लालबन्दी नगरपालिका १६ परवानीपुरचोकबाट पुर्व देउरालिसम्म पुग्ने बाटोमा ग्रावेल गरेको लामो समय भईसक्दा पनि कालोपत्रे सम्पन्न नगरेको भन्दै स्थानियले बाटो बन्द गरेका हुन ।

उनिहरुले अत्यधिक धुलो उडेको कारण स्वास्थ्यमा प्रतिकुल असर परेको बताएका छन । साना ठुला सवारी चल्दा सडकमा बिछ्याईएको गिट्टि उछिट्टिएर घरमा लाग्ने, घरमा बसेका तथा बाटोमा हिड्ने बिद्यार्थीहरुलाईसमेत ढुङ्गाले लाग्ने जोखिम बढेको उनिहरुको तर्क छ । स्थानिय दिपक खड्काले ठेकेदारले पटक पटक म्याद थप्दै काम नगर्ने गरेको गुनासो गरे । असार अन्तिममा काम सक्नुपर्ने भनिए पनि बिभिन्न बहानामा अहिलेसम्म कालोपत्रे नहुँदा स्थानियले बिभिन्न खाले समस्या भोग्दै आएका छन ।

वडा नम्बर १५ का वडाध्यक्ष गोरख बलले आफुले पनि पटक पटक ठेकेदारलाई छिटो काम सक्न भने पनि सुनुवाई नगरेको बताएका छन । उनले केहि प्राबिधिक समस्या देखाउँदै काममा आलटाल गर्ने काम भईरहेको बताए । वडा नम्बर १५ को देउरालीबाट परवानीपुरचोक हुँदै चिसापानी, सतभैयादेखि लालबन्दी जोड्ने सडकको हाल देउरालिबाट परवानीपुर चोकसम्म कालोपत्रे गर्ने काम भईरहेको छ ।

सो बाटो पिच गर्नका लागी शहरी बिकाश तथा भवन कार्यालय धनुषाले पहिलो पटक १ करोड बजेट दिएको र त्यसले अपुग भएपछि पुनः बजेट थपिएको वडा नम्बर १६ का वडाध्यक्ष गणेश थापाले जानकारी दिए । सो सडकले वडा नम्बर १५ र १६ दुबैलाई छोएको छ ।

यता सडक कालोपत्रे गर्ने ठेकेदार सिताराम आचार्यले फाल्गुनको पहिलो साताबाट कालोपत्रेको काम सुरु गर्ने बताएका छन । उनले केहि समय अगाडि कालोपत्रे सुरु गर्नै लाग्दा बाटो सानुपर्ने भन्दै गुम्बा झर्ने ओरालो छेउका बासिन्दाले अवरोध गरेका कारण काम रोकिएको जानकारी दिए । त्यो सँगै केहि ठाउँमा नाला निर्माण गर्नुपर्ने, ढलान गर्नुपर्ने र कल्भर्ट वाल बनाउनुपर्ने काम बाँकी रहेको र जाडो महिनामा कालोपत्रे गर्ने काम गर्न नमिल्ने भएका कारण २ महिना अझै काम सुरु गर्न नमिल्ने ठेकेदार आचार्यले बताए ।

३४ सय मिटर बाटोमा ४ सेन्टिमिटरको पिच गर्न आचार्यले ठेक्का लिएका छन । उनले धुलो उड्न नदिन बुधवारबाटै पानी छिट्ने काम गर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते