अनेरास्ववियु मधेश प्रदेश कमिटिको अध्यमा ‘शिवहरी’ चयन

लालबन्दी । नेकपा एमाले निकट भातृसंगठन अखि नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को मधेश प्रदेश अध्यक्षमा सर्लाही रानिगंज घर भएका कुल प्रसाद गौतम (शिवहरी) चयन भएका छन । शनिवार महोत्तरीको बर्दिवासमा सम्पन्न दोश्रो अधिवेशनबाट शिवहरीको अध्यक्षतामा ३९ सदस्यीय नयाँ समिति चयन गरिएको हो ।

समितीको उपाध्यक्षत्रयमा भैयाराम सहनी, जितेन्द्र यादव र भक्ति अग्रवाल छन । त्यसैगरि सचिवमा सतिसचन्द्र सिंह, सह–सचिवत्रयमा असोक महतो, रंजिव साह र मनिषा चौधरी, कोषाध्यक्षमा संगीता गौतम लगाएत अन्य सदस्यहरु च्यन भएका छन ।

२०६५ सालबाट बिद्यार्थी राजनितिमा होमिएका शिवहरी ०६६ सालमै क्याम्पस कमिटि अध्यक्ष बनेका थिए । ०६९ मा निर्वाचन क्षेत्र नम्बर १ को अध्यक्ष, जिल्ला सचिव, ०७३ मा जनज्योती बहुमुखि क्याम्सको स्ववियु सभापति हुँदै अनेरास्ववियुको केन्द्रिय सदस्य बनेका गौतम विद्यार्थीमाझ लोकप्रिय ब्यक्ति हुन । पार्टीमा राम्रै दबदबा राख्न सफल गौतम केहि समय अघि मात्रै लालबन्दी नगर कमिटिका सचिवसमेत चुनिएका छन ।

अनेरास्ववियु मधेश प्रदेश कमिटिको ऐतिहासिक प्रथम प्रदेश अधिवेशनको अध्यक्ष मण्डलको अध्यक्ष अञ्जना सिवाकोटीको अध्यतामा बसेको बैठकले ३९ जनाको प्रदेश कमिटि सर्वसम्मत चयन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
1
+1
1
+1
3

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते