बागमती प्रदेश सदस्य माझी राप्रपा नेपालमा प्रवेश

हेटौंडा । बागमती प्रदेश सभा सदस्य तथा राप्रपाका निर्बाचित केन्द्रिय सदस्य रिता माझी राप्रपा नेपाल प्रबेश गरेकी छिन् ।
आज बागमती गाउँपालिका-३ मा आयोजित कार्यक्रममा माझिलाई स्वागत गर्दै राप्रपा नेपाल अध्यक्ष कमल थापाले अब कोहि पनि अलमलमा नपरी , भ्रमित नबनी राप्रपा नेपाललाई बलियो बनाउन कस्सिएर लाग्नुपर्नेमा जोड दिए । मुलुकलाई एउटा बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको आबश्यकता भएको र त्यो शक्ति राप्रपा नेपाल बन्न सक्ने थापाको ठम्याई रहेको थियो । उनले मकवानपुरको बिकासको अधुरो काम सम्पन्न गर्न आउने निर्बाचनमा उम्मेदवारी दिन लागेको समेत जानकारी दिए ।
हेटौंडा -काठमाडौं सुरुङ्ग मार्ग, चक्रपथ निर्माण , बिश्वबिद्धालय स्थापना, औद्योगिक क्षेत्रको बिकास आफ्नो प्राथमिकतामा रहेको समेत थापाले बताए । कार्यक्रममा बोल्दै प्रदेश साँसद रिता माझिले इमानदारीता , निष्ठा र कर्तब्यबोधका कारण राप्रपा नेपाल रोजेको बताइन् । उनले कमल थापा बिचार र पार्टीको जन्मदाता भएकोले उहाँ सङ्ग काम गर्दा गौरबको अनुभूति हुने समेत बिचार ब्यक्त गरिन। कार्यक्रममा राप्रपा बागमती गाउँ समितिको सिङ्गो ३ नम्बर वडा समिती राप्रपा नेपालमा समाहित भएको थियो । सबैलाई थापाले स्वागत गरेका थिए। कार्यक्रममा महामन्त्री राजाराम बर्तौला, दिल बहादुर बल, सुबर्ण लामा, ज्ञान बहादुर माझि लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

गजल – काम पाएँ

गजल – काम पाएँ

२०७९ मंसिर १८, आईतवार १२:२९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते