मलंगवामा नेविसंघकाे बिराेध प्रदर्शन

लालबन्दी । नेपाली कांग्रेसकाे भातृ संस्था नेपाल तरूण दलका नेता कार्यकर्ताले जिल्ला सदरमुकाम मलंगवामा प्रदर्शन गरेका छन ।

तरुण दल जिल्ला कार्यसमिति सर्लाहीले पार्टीका सहमहामन्त्री तथा पूर्व मन्त्री महेन्द्र यादव माथि खुकुरी प्रहार गरि ज्यान लिन खोज्ने व्यक्ति तथा गिरोह तत्काल पहिचान गरि कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारवाहि गर्न माग गर्दै बिहिवार सदरमुकाम मलंगवामा प्रदर्शन गरेका हुन । आफुहरूले पूर्व मन्त्री तथा सत्तापक्षकै महत्त्वपूर्ण नेताको सुरक्षा दिन नसक्ने वर्तमान सरकारका गृहमन्त्रीकाे राजीनामा माग गरि प्रदर्शन गरेको नेपाल तरूण दलका केन्द्रीय सदस्य लाेकहरि पाैडेलले जानकारि दिए । ‘पूर्व मन्त्री जस्तो गरिमा बाेकेका नेताकोसमेत सुरक्षा हुन्न भने आम नागरिकले कसरी शान्ति सुरक्षाको प्रत्याभूति गर्न सक्छन्’,उनलेे भने ।

कार्यक्रममा नेपाल तरुण दल केन्द्रिय सदस्य बिभुसिंह थापा, नेपाल विद्यार्थी संघका सर्लाहीका अध्यक्ष धिरज दाहा, उपाध्यक्ष आकाश कुमार मिश्र ‘अमित’, नेविसंघ सर्लाही काठमाडौं सम्पर्क समितिका सभापति लवहरि ढुंगेल, जिल्ला उपाध्यक्ष प्रवेश न्याैपाने लगायत तरूण दल तथा नेविसंघका नेता कार्यकर्ताकाे सहभागिता रहेको थियोे । नेपाली काङ्ग्रेस जिल्ला कार्यालय बाट नारासहित निस्केको विरोध र्यालि सदरमुकाम मलंगवा स्थित बाल मन्दिर चाेकमा पुगेर काेण सभामा परिणत भएको थियोे । र्यालिका सहभागीले बाल मन्दिर चाेकमा टायर बालेर प्रदर्शन गरेका थिए।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सह–महामन्त्री तथा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिका पूर्व अध्यक्ष समेत रहेका नेता महेन्द्र यादव बुधवार काठमाण्डौको भृकुटी मण्डप स्थित रिपोर्टस क्लवबाट बाहिरिदै गर्दा पछाडिबाट खुकुरी प्रहार भएको थियो । घटनामा संलग्न नुवाकोटाको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटालाई आक्रमणमा प्रयोग भएको खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सापकोटाले आफुलाई राजावादी अभियन्ता दावी गर्दै आएका छन् । धारिलो हतियारबाट यादवको टाउकाको पछाडिको भागमामा गहिरो चोट लागेको छ । उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते