ब्रेन ट्युमरबाट पीडित रौतहटका पत्रकार महतको उपचारमा आर्थिक सहयोगको अपिल

क्षितिज विश्वकर्मा, सर्लाही । रौतहटको चन्द्रपुर घर भएका पत्रकार फणी महतलाई आर्थीक सहयोगका लागी पत्रकार महासंघ केन्द्रिय कार्यालय काठमाण्डौँले आह्वान गरेको छ ।

गएको एक बर्षदेखि ब्रेन ट्युमरबाट पिडित पत्रकारको उपचारका लागी महासंघले देशभरको जिल्ला शाखासँग आग्रह गरेको हो । एक बर्षदेखि काठमाण्डौँको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराईरहेका महतलाई पुनः सोहि रोग देखिएको छ । करिव ३५ लाख खर्च गरेर उपचार गराएका महतलाई फेरी सोहि समस्या बल्झिएपछि थप उपचारका लागी भारतको नयाँ दिल्ली लैजान उनको उपचारमा संलग्न चिकित्सकले सुझाव दिएका छन ।

यतिबेला पत्रकार महत उपचारको शिलशिलामा नयाँ दिल्लीमा रहेका उनको परिवारले जनाएको छ । महतको उपचारमा यसअघि नै ठुलो रकम खर्च भईसकेकोले थप उपचारका लागी आर्थीक अभाव भएको पारिवारिक श्रोतले बतायो । उनको थप उपचारका लागी तत्काल १५ लाखको जोहो गर्नुपर्ने भएपछि परिवाले सहयोग जुटाईदिन पत्रकार परिवारसँग अनुरोध गरेको छ ।

अन्नपूर्ण पोष्टका रौतहट संवाददाता, चन्द्रनिगापुरबाट प्रशारण हुने रेडियो सुप्रिम र कलमपाटी डटकम अनलाइन पत्रिकाको सञ्चालक रहेका महतको उपचारमा सहयोग गर्न नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय काठमाण्डौँले देशका सबै जिल्ला शाखा र बैदेशिक शाखासँग अनुरोध गरेको छ । महासंघद्वारा जारी गरिएको अपिल पत्रमा महासंघको नबिल बैंकको घण्टाघर शाखामा रहेको खाता नम्बर १६९०१०१७५००६३३ मा सहयोग रकम जम्मा गर्न सकिने उल्लेख छ ।

महासंघले आर्थीक सहयोग गर्न र एक श्रमजीवी पत्रकारको जीवन बचाउन सबै शाखा समिति, एसोसिएट संस्था र वैदेशिक शाखालाइ अनुरोध गरेको छ । महतलाई सहयोग गर्न चाहनेले नेपाल एसबीआई बैंक लिमिटेडको चपुर रौतहट शाखामा रहेको उनकी पत्नि सुनन्दा कार्कीको बैंक खाता नम्बर २३९१५२४३४००२८८ मा रकम जम्मा गरिदिन सक्नेछन् ।

प्रेस चौतारी नेपालको मधेश प्रदेशका अध्यक्षसमेत रहेका महत करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

मलंगवामा नेविसंघकाे बिराेध प्रदर्शन

मलंगवामा नेविसंघकाे बिराेध प्रदर्शन

२०८० भाद्र २१, बिहीबार २२:०२ गते
आज फागुन १२ गते, शुक्रवारको दैनिक राशिफल

आज फागुन १२ गते, शुक्रवारको दैनिक राशिफल

२०७९ फाल्गुन १२, शुक्रबार ०६:१७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते