सिन्धुलीमा १० दिनको अवधिमा सर्पको टोकाइबाट एकै ठाउँका तीन जनाको मृत्यु

सिन्धुली : सिन्धुलीको दुधौली नगरपालिकामा सर्पको टोकाइबाट शुक्रबार एक महिलाको मृत्यु भएको छ । सर्पको टोकाइबाट वडा नं १० कर्थाकी ६२ वर्षीया शिवकुमारी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुई साताअघि वडा नं १ मा सर्पको टोकाइबाट दुई बालकको मृत्यु भएको थियो ।

शुक्रबार ६२ वर्षीया कार्की आफ्नै घरको पेटीमा हिँड्ने क्रममा सर्पले टोकेपछि उनलाई स्थानीय सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारका लागि लगिएको थियो ।

त्यहाँ उनको उपचार हुन नसकेपछि थप उपचारका लागि फुलकुमारी महतो मेमोरियल अस्पताल सिरहा लगिएकोमा उपचारका क्रममा कार्कीको मृत्यु भएको सिन्धुली प्रहरीका डीएसपी चिरन्जिवी दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते